विजयकुमारको उपन्यास फाइनप्रिन्टबाट आउने

विजयकुमारको उपन्यास फाइनप्रिन्टबाट आउने

काठमाडौं : लेखक, पत्रकार एवं टेलिभिजनकर्मी विजयकुमारको पहिलो उपन्यासको प्रकाशक ‘फाइनप्रिन्ट’ हुने भएको छ । २०७५ सालभित्रै बजारमा आउने उक्त आख्यानको प्रकाशनबारे असार ६ गते मंगलबार काठमाडौंमा सम्झौता सम्पन्न भयो ।

सम्झौतामा लेखक विजयकुमार र फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले हस्ताक्षर गरे । हस्ताक्षरपछि लेखक विजयकुमारले भने, ‘लेखनशैली र विषयवस्तु दुवै दृष्टिबाट यो उपन्यास नेपाली भाषामा एक नयाँ प्रयोग हुनेछ ।’

मदन पुरस्कार विजेता लेखकको दोस्रो कृति प्रकाशन गर्न पाएकोमा आफूहरू खुसी एवं गौरवान्वित रहेको फाइनप्रिन्टका प्रमुख कार्यकारी भारीले बताए । ‘यो पुस्तकले पनि विजयकुमारको पहिलो पुस्तक ‘खुसी’ले झैं‌ पाठकको स्नेह पाउने विश्वास छ’, उनले भने । मदन पुरस्कार विजेता कृति ‘खुसी’ २०७१ सालमा फाइनप्रिन्टबाट प्रकाशन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.