सहकारीको विकासमा बैंकको भूमिका महत्वपूर्ण

सहकारीको विकासमा बैंकको भूमिका महत्वपूर्ण

ललितपुर : सहकारीको विकासमा बैंकको भूमिका महत्वपूर्ण हुने बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडको मुख्य शाखा, लगनखेल र चापागाऊ शाखा कार्यालयको सयुक्त आयोजनामा ललितपुरमा बैंक र सदस्य संघरसंस्थाहरु बीच एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको विकासका लागि राष्ट्रिय सहकारी बैंकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले बैंकको लगानी उत्पादननर्फ केन्द्रीत गर्न आग्रह गर्नुभएको थियो। राष्ट्रिय सहकारी बैंकले आफ्नो लगानी बढी भन्दा बदी उत्पादनशील क्षेत्र लगाउनुपर्ने बताए। 

बैंकका प्रवन्ध संचालक केबि उप्रेती बैंकले सदस्य संस्थाको आवश्यकताका आधारमा लगानी गर्ने गरेको बताए । बैंकको लगानी बढी भन्दा बढी उत्पादनतर्फ केन्द्रीत गरेका छौं’ उनले भने । 

सो अवसरमा  ललितपुर जिल्लाको मुख्य शाखा, लगनखेल र चापागाऊ शाखा कार्यालयमा गत आर्थिक वर्षमा उत्कृष्ट र नियमित सहकारी कारोबार गर्ने संघर तथा संस्थाहरुलाई सम्मान गरिएको थियो। उप्रेतीले उत्कृष्ट हुने संघसंस्थालाई प्रमाणपत्र प्रदान गरेका थिए।  

 कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक एवं जिल्ला सहकारी संघ ललितपुर अध्यक्ष माधव दुलाल, नेस्कुनका संचालक नानी काजी शाक्य, ललितपुर बचत संघका अध्यक्ष राम शरण घिमिरेले आफ्नो धारणा राखेका थिए। ५०० भन्दा बढी सहकारी संघ रसंस्थाहरुको प्रतिनिधि उपस्थिति रहको कार्यक्रमको सञ्चालन रामहरि बजगाईले गरेका थिए भने स्वागत राम शरण घिमिरेले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.