एक सचिवको भरमा गाउँपालिका

एक सचिवको भरमा गाउँपालिका

जाजरकोट : एउटा वडासचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्न सक्ला ? एक, दुई, तीन अथवा चार वटा वडासम्मको तर जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडासचिवले ९ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् । स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका ९ वटै वडाको कामकाज गर्दै आएका छन् । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो ।

तर, ९ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ ? उनले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर ९ वटै वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मा वडासचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडासचिवको हस्ताक्षरबिना जन्म दर्ता, मृत्यु दर्ता र बसाइँसराइको कागजात बन्न सक्दैन । तर, वडासचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्जीकरणको काम भने रोकिएको छैन ।


सदरमुकाममा रहेका सचिवले खाली कागजमा हस्ताक्षर गरेर गाउँ पठाउँछन

वडासचिव खनालले नागरिकतालगायत सिफारिसमा सदरमुकामबाट अग्रिम (ब्ल्यांक ) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्म दर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिस पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए ।

वडासचिव मात्र होइन, कार्यकारी प्रमुख र गाउँपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् । सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको यो गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारसमेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन् ।।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.