समूह बन्यो सहकारीमा

समूह बन्यो सहकारीमा

म्याङलुुङ (तेह्रथुुम) : दुुई दशक अघिसम्म गाउँवस्तीमा सामूहिक काम गर्ने प्रचलन कमै थियो। चेतनाको विकास हुुन नसक्दा विभिन्न समस्याबाट ग्रामीण क्षेत्रका बासन्दिा जेलिएका थिए। घरखर्चदेखि विभिन्न व्यवसाय सञ्चालन गर्न चर्काे ब्याजमा ऋण काढ्नुुपर्ने बाध्यता थियो। थारै रकमको आवश्यकता परे पनि साहुुको हात थाप्नुुको विकल्प थिएन। यस्तै बाध्यता र परिस्थितिबीच गुुज्रिएको छथर गाउँपालिकाको हमरजुुङ वस्ती पनि एक थियो। गाउँवस्तीमा एक्लिएर आजित भएका तत्कालीन गाविसको वडा नम्बर ९ का बासिन्दाले सामुुहिक काम गर्ने सोच बनाए।

२०५४ सालमा स्थानीयको भेलाले महेन्द्र कार्कीको अध्यक्षतामा एक समूह गठन गरे। समूहबारे प्रयाप्त ज्ञान नभएपछि सुुरुसुुरुमा समुुह सञ्चालनमा कष्ट भयो। मासिक १० रुपैयाँको दरले बचत गर्दै सुुरु भएको समूहले सदस्यलाई व्यावसायिक बनाउने उद्देश्यका साथ जिल्ला पशुु सेवा कार्यालय तेह्रथुुमको ढुुवानी अनुुदानमा इलामबाट १० वटा गाई भिœयाए। गाईपालनसँगै दूध उत्पादन सुुरु भयो।

समूहका अधिकांश सदस्य गाईपालनमा लागेपछि समूहको नाम पनि गाईपालन समूह राखियो। समूहलाई २०६६ सालमा जलकन्या पशुुपालन तथा कृषक सहकारी संस्थाका रूपमा दर्ता गरी सञ्चालनमा ल्याइएको अध्यक्ष डम्बर भट्टराईले बताए। उनले भने, ‘सुुरुमा सहकारी स्थापनाका लागि सेयर सदस्य नपुुग्दा खोजेरै राख्नुु परेको थियो।’ संस्था दर्ता भएसँगै यसक्षेत्रका कृषकलाई व्यवसायमा संलग्न गराउन गाईभैंसीपालन बारे तालिम दिइएको संस्थाका व्यवस्थापक सन्तोष सुुवेदीले बताए। उनले भने,‘अनुुदानमा घाँसको बिरुवामा वितरणलगायत प्रभावकारी कार्यक्रम सञ्चालन गरेपछि कृषकको सहकारीप्रति मोह बढ्दै गयो, अहिले त सहकारीबिना हामी केही गर्न सक्दैनौं जस्तो भएको छ।’


सहकारी सेयर सदस्यले दैनिक पाँच लिटरदेखि २० लिटरसम्म दूध बिक्री गर्दै आएका छन्।

तत्कालीन अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा २५ सदस्यीय सहकारी स्थापनापछि सेयर सदस्य बन्नेको लहर नै चलेको थियो। एउटा दुुर्गम गाउँमा स्थापना भएको समूह अहिले सफल सहकारीका रूपमा चिनिन थालेको छ। सहकारीले विभिन्न दातृ निकायका साझेदारी गरी दुुईवटा पक्की भवन निमार्ण गरेको छ। दुुई दशकअघि साहुुको चर्काे ब्याजमा हात थप्दै आएका यहाँका स्थानीय आफै व्यावसायिक बनी लगानी गर्दै आएका छन। कृषकले दूध बिक्रीबाटै मनग्गे रकम आम्दानी गर्न सफल बनेका छन्। ‘घरखर्च चलाउन समस्या छैन, बंैकमा रकम जोहो गर्न थालेकाछांै’, संस्था सदस्य रामबहादुुर भट्टराईले सुुनाए।

सहकारी सेयर सदस्यले दैनिक पाँच लिटरदेखि २० लिटरसम्म दूध बिक्री गर्दै आएका छन्। १० जनाबाट सुुरु भएको समूह सहकारीमा आइपुुग्दा करिब दुुई सयको सेयर सदस्य छन्।

संस्थाले आफै दूध संकलन गरी बजारसम्म पुु¥याउने प्रबन्ध मिलाएको संस्थाका तेजबहादुुर कटुुवालले बताए। संकलन गरिएको दूध छथर दुुग्ध चिस्यान केन्द्रमा बिक्री गर्दै आएको संस्थाले जनाएको छ। संस्थामा क्यान, ल्याक्टो मिटर, भ्याट मेसिन, मिल्क एनालाइजलर, गुुणस्तरीय तरकारीको बीउ उत्पादन ग्रेडिङ मेसिनलगायत सामग्री सञ्चालनमा ल्याएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.