पतिको उपचार गर्न जुत्ता पालिस
काठमाडौं, गोकर्णेश्वर नगरपालिकाको नयाँ पाटीस्थित पुुराना जुुत्ता रिसाइकल गरी नयाँ बनाउने कारखानामा जुत्ता सफा गर्दै मन्तीदेवी महतो । सर्लाहीकी उनी बिरामी पति र ३ छोरासहित डेरामा बस्छिन् । ३ वर्षदेखि दुुवै मिर्गौला काम नलाग्ने भएपछि उपचार गराउन परिवारसहित काठमाडौं आएको एक वर्ष भएको छ । उनका १२ बर्से जेठा छोरा मोटरसाइकल वर्कसपमा काम गर्छन् भने दुुई छोरा यस वर्ष कक्षा १ मा भर्ना भएका छन् । अहिले नेपाल मेडिकल कलेजमा पतिको निःशुुल्क डायलासिस गराउँदै आए पनि औषधि र अन्य खर्चले पिरोल्ने उनी बताउँछिन् । एक वर्षदेखि जुुत्ता रिसाइकल कारखानामा काम गर्दै आएकी उनले एक किलोग्राम जुत्ता सफा गर्दा ३ रुपैयाँ पाउँछिन् । अस्पताल जानुु पर्ने दिनबाहेक उनी दैनिक करिब २ सय केजी जुुत्ता सफा गर्छिन् । तस्बिर : उमा बिष्ट