म्याद गुज्रिएपछि बगलामुखी पुनर्निर्माण सुरु

म्याद गुज्रिएपछि बगलामुखी पुनर्निर्माण सुरु

ललितपुर : जयस्थिति मल्लले १४ औं शताब्दीमा निर्मित बगलामुखी मन्दिर परिसरस्थित कुम्भेश्वर महादेवको मन्दिर पुनर्निर्माण गरिसक्नु पर्ने म्याद गत वर्ष नै गुज्रिसके पनि भर्खर मात्र सुरु भएको छ।

०७२ सालको भूकम्पमा भत्केको मन्दिरको पुनर्निर्माण ०७४ चैतमा थाल्दा २ करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको थियो । स्थानीयको विरोध, सुरक्षा चुनौती, पुरातात्विक निर्माण सामग्री अभाव र दक्ष कालीगढ नपाइँदा मन्दिर निर्माण विलम्ब भएको ठेकेदार दिनेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘मन्दिरका सरसामान कसरी सुरक्षित राख्ने विषयमा सहमति जुटेको थिएन ।’

दरबार हेरचाह तथा सम्पदा संरक्षण विभागका इन्जिनियर ध्रुव अधिकारीका अनुसार मन्दिरमा प्रहरी पोस्ट स्थापना गरेपछि काम सुचारु भएको हो । ‘मन्दिर पुनर्निर्माणमा स्थानीयले समेत विरोध गर्दै आएका थिए, अहिले कुनै अवरोध छैन’, उनले भने । करिब २ महिनाअघि पुनर्निर्माण थालेको ठेकेदार श्रेष्ठले बताए । उनले भने, ‘यतिबेला सुर्की (इँटा र बालुवाको धुलो मिश्रित सामग्री) बनाउने काम भइरहेको छ ।’ यस पटक बर्खामा पानी परे पनि काम नरोकिने दाबी गर्दै उनले पाल टाँगेर भए पनि काम गर्ने दृढता व्यक्त गरे ।

मन्दिरका पुराना निर्माण सामग्रीको सुरक्षा गर्न नसक्दा पुनर्निर्माणमा ढिला भएको स्वीकार्दै दरबार हेरचाह तथा सम्पदा संरक्षण विभाग प्रमुख काजी प्याकुरेलले

भूकम्पमा मन्दिरको पाँच तलामध्ये सबैभन्दा माथिल्लो तला भत्केको थियो । पुनर्निर्माणका लागि माथिल्ला दुई तला भत्काइसकेको र अन्य भागमा पुरातत्व विभागका डिभिजनल तथा स्ट्रक्चरल इन्जिनियरले निरीक्षण गरिसकेको इन्जिनियर अधिकारीले जानकारी दिए । मन्दिर पुनर्निर्माण सक्न एक वर्ष म्याद थप गर्ने भने पनि अहिलेसम्म म्याद थपको कुनै आधिकारिक जानकारी नपाएको अधिकारीले बताए ।

ठेकेदार श्रेष्ठका अनुसार कुनै अवरोध नभए एक वर्षमा मन्दिरको पुनर्निर्माण सम्पन्न हुनेछ । प्राविधिक रूपमा अप्ठ्यारो मानिएको यो मन्दिरको थ्रिडी स्क्यान गर्न जापानले निजी संस्था कुमुलोसलाई जिम्मा दिएको थियो । जापानमा निकै अब्बल मानिएको कुमुलोसले बगलामुखीलगायत अन्य केही मन्दिरका निःशुल्क थ्रिडी स्क्यान गरेको भए पनि यसको रिपोर्ट अहिलेसम्म नपाएको अधिकारीले जानकारी दिए ।

दरबार हेरचाह तथा सम्पदा संरक्षण विभाग प्रमुख काजी प्याकुरेलले थ्रिडी स्क्यानले मन्दिरको कुन भागमा कस्तो असर परेको थाहा पाइने र मन्दिरको भित्री पाटोमा कस्तो असर परेको छ प्रष्ट देखाउने भएकाले पुनर्निर्माणमा सजिलो हुने विश्वास व्यक्त गरे ।

मन्दिरका पुराना निर्माण सामग्रीको सुरक्षा गर्न नसक्दा पुनर्निर्माणमा ढिला भएको स्वीकार्दै प्याकुरेलले भने, ‘सीडीओ कार्यालयदेखि, जाउलाखेल प्रहरीलगायतमा पुगेर मुश्किलले हवल्दारको नेतृत्वमा पाँच जना प्रहरीको टोली मन्दिरको सुरक्षा गर्न व्यवस्था गरिएको हो ।’ उनका अनुसार मन्दिर पुनर्निर्माण पूरा गर्न अझै एक वर्ष लाग्न सक्छ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.