बाख्रापालनबाट आत्मनिर्भर

बाख्रापालनबाट आत्मनिर्भर

सिन्धुुुुली : बाख्रापालन व्यवसायबाट मासिक ५० हजार आम्दानी गर्न सकिन्छभन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ। त्यो पनि महिलाहरूबाट। तर, जिल्लाको दुुुुधौली नगरपालिकाको लदाभिर गाविसका महिला प्रायः बाख्रापालन व्यवसायबाटै मासिक ५० हजार रुपैयाँ आम्दानी गरी आत्मनिर्भर बन्न थालेका छन्।

हाल दुुुुधौली नगरपालिका (साबिकको लदाभिर गाविस)का महिला कृषकले गाविसलाई नै व्यावसायिक बाख्रापालनका दृष्टिले पकेट क्षेत्र घोषणा गर्दै यस्तो आम्दानी गर्न थालेका हुुुुन्। गाविसका एक परिवारले मासिक कम्तीमा १५ हजार रुपैयाँदेखि ५० हजारसम्म आम्दानी गर्ने गरेको स्थानीय तथा बाख्रापालक व्यवसायी सीता हमालले बताइन्।

लदाभिरस्थित ज्योति परिवार बाख्रापालन कृषक समूहमा आबद्ध हमालले आफूले बाख्रापालन गरेर मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको बताइन्। उनका हाल ४० वटा खसीबाख्रा छन्। ‘आधुुनिक प्रविधिको खोर व्यवस्थापनसहित पालिएका बाख्राबाट वार्षिक पाँच लाख ७० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छुुुु’, उनले भनिन्।

लदाभिरमा हेफर इन्टरनेसनल नेपालको सहयोगमा हाम्रो प्रयास नामक स्थानीय गैरसरकारी संस्थाको सहयोगमा साना उद्यमी सुुुुदृढीकरण परियोजनामार्फत ६ वटा उन्नत जातका बोका र पाठी सहयोग पाएपछि हमालले व्यावसायिक बाख्रापालन सुुुुरु गरेकी हुुुुन्। उनले भनिन्, ‘अहिले मेरो खोरमा ४० भन्दा बढी उन्नत जातका खसीबाख्रा छन्। महिनामा तीनदेखि चारवटासम्म खसी बिक्री गर्ने गरेको छुुुु। त्यसबाट ५० हजार रुपैयाँसम्म आम्दानी हुुुुने गरेको छ।’

२०६९ सालबाट हेफर इन्टरनेसनल नेपालले गरेको सहयोगपछि गाविस एक हजार चार सय १६ घरका महिलाले विभिन्न ६० वटा समूह बनाएर बाख्रापालन गरेका छन्। उनीहरूलाई हेफर इन्टरनेसनल नेपालको सहयोगमा हाम्रो प्रयासले ७५ वटा बीउ बोका निःशुुुुल्क वितरण गरेको छ। बीउ बोका र स्थानीय बाख्राबीच नश्ल सुुुुधार गरेपछि आम्दानी समेत वृद्धि हुुुुन थालेको अर्का कृषक राजकुुुुमारी तामाङले सुुुुनाइन्।


यहाँका एक हजार चार सय १६ घरका महिलाले विभिन्न ६० वटा समूह बनाएर बाख्रापालन गरेका छन्।

‘मैले ४५ वटा खसीबाख्र पालेकी छुुुु। मलाई मेरो व्यवसायबाट दुुुुई वर्षदेखि वार्षिक पाँच लाख आम्दानी भएको छ। त्यसबाहेक पोसिलो घाँसको खेती गरेकी छुुुु। त्यसबाट पनि वार्षिक एक लाखभन्दा बढी आम्दानी हुुुुन्छ’, तामाङले भनिन्।

उनले दुुुुई बिघा जमिनमा घाँस खेती गरेकी छिन्। बाख्रालाई खुुवाएर बढी भएको घाँस छिमेकीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ। हमाल र तामाङजस्ता गाविस भरका १४ सय महिला मासिक रूपमा यसरी आम्दानी लिँदै आएका छन्। व्यावसायिक बाख्रापालनबाट लदाभिरमा मात्र हिजोआज महिनामा एक सयबढी खसीबोका बिक्रीका लागि बाहिरिन्छन्। यसबाट मासिक रूपमा नै झन्डै २० लाख रुपैयाँ गाउँमा भित्रन्छ।

बाख्राबाट आम्दानी मात्र नभएर उनीहरूको जीवनमै परिवर्तन आएको छ। आफ्नो व्यवसायका अतिरिक्त स्थानीय महिला मन्दिर बाटोघाटो, खानेपानी, विद्यालयलगायत विकास निर्माणका काममा समेत नेतृत्वसहितको सक्रिय सहभागिता देखाउन थालेका छन्। सामान्य खर्चका लागि श्रीमानसंग माग्नुुुु पर्ने बाध्यतालाई दुुुुर गर्दै आफै कमाएर श्रीमान्को घर खर्चमा पनि सघाउँछन्।

महिलाहरूले आफूले गरेको आम्दानीले घरखर्च कटाएर मासिक बचतसमेत गर्ने गरेका छन्। गाउँमै प्रयास सामाजिक महिला उद्यम सहकारी संस्था गठन गरी आम्दानीलाई बचत गर्ने गरेका छन्। उनीहरूले पालन गरेका खसीबाख्रा र सुुुुधारिएको खोर हेर्न तथा खसीबाख्रा खरिद गर्न जिल्लाका अलवा झापा, बुुुुटवल, धादिङ, चितवनलगायत आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.