बढ्यो तस्करी

बढ्यो तस्करी

विराटनगर : नेपालबाट भारततर्फ तस्करी बढेपछि आयल निगमले पेट्रोल पम्पलाई उपलब्ध गराउँदै आएको इन्धन कोटा कटौती गरेको छ। निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले सीमा क्षेत्रका पम्पलाई उपलब्ध गराउँदै आएको डिजेल र पेट्रोल कटौती गरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको निर्देशन र आपूर्ति समितिको निर्णयअनुसार परिणाममा कटौती गरिएको निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिए। उनले भने, ‘अधिक तस्करी बढेपछि वितरण पारदर्शी बनाएर जनप्रतिनिधिको निगरानीमा मात्र बिक्रीवितरण गर्न निर्देशन दिएका छौं।’

निगमले यसअघि आठदेखि १२ हजार लिटरसम्म डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको थियो। पम्पले एकपटकमा चार हजार लिटर मात्र पेट्रोलियम पाउन थालेका छन्। माग धेरै आए पनि खपत र उपभोक्ताको मागको अनुपात हेरेर परिणाम कटौती गरिएको खनालले बताए।

नेपालभन्दा भारतमा महँगो भएका कारण नेपालबाट पेट्रोलियमको तस्करी हुने गरेको छ। यसमा पेट्रोल पम्पकै मिलेमतो छ। अहिले निगमले पम्पको अनुगमनसमेत सुरु गरेको छ। खनाल भन्छन्, ‘सीमावर्ती केही पम्पकै मिलेमतोमा भारततर्फ अवैध रूपमा पेट्रोलियम पठाउने गरेको पाइयो। गल्ती दोहो¥याउने पम्पलाई सञ्चालनमा रोक लगाइनेछ।’ तस्करी रोक्न सीमामा खटिएका नेपाल र सशस्त्र प्रहरीसँग पनि समन्वय गरिएको उनले बताए।

नेपालमा डिजेल प्रतिलिटर ९१ रुपैयाँ ५० पैसा र पेट्रोल एक सय आठ रुपैयाँ पर्छ। भारतमा नेपालभन्दा डिजेल प्रतिलिटर २० रुपैयाँ र डिजेल १८ रुपैयाँ महँगो छ। खेती लगाउने समय भएका कारण कृषकले माग गरेमा पहिचान गरेर जनप्रतिनिधिको निगरानी र सिफारिसमा एक जनालाई ३० लिटरसम्म पम्पले बिक्री गर्न पाउने व्यवस्था गरिएको छ। बिक्री विवरण आयल निगमलाई उपलब्ध गराउनुपर्नेछ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले तस्करी नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको बताउँदै भने,‘ड्रम, ग्यालेन र बोतलमा भरेर इन्धन लगेको पाइए तत्काल नियन्त्रणमा लिएर वास्तविकता बुझ्ने र तस्करी गरेको पाइएमा कारबाही अघि बढाउन मातहतका युनिटलाई स्पष्ट निर्देशन दिइसकिएको छ।’

नेपाल आएर भारततर्फ फर्किने भारतीय नम्बर प्लेटका ठूला सवारीसाधनलाई ५० लिटर र साना सवारीसाधनलाई १० लिटरभन्दा बढी इन्धन उपलब्ध नगराउन सबै पेट्रोल पम्पलाई आपूर्ति समितिले निर्देशन दिएको छ। निगमको पूर्वाञ्चलमा डिपोमा पाँच सय ६० किलोलिटर पेट्रोल र छ हजार चार सय किलोलिटर डिजेल स्टोर गर्ने क्षमता छ। पूर्वमा दैनिक दुई सय २० किलो लिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.