जनप्रतिनिधिले गरे फुटबलरमाथि छुरा प्रहार

जनप्रतिनिधिले गरे फुटबलरमाथि छुरा प्रहार

विराटनगर  ः मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि शुक्रबार बिहान मोरङको उर्लाबारीमा एक जनप्रतिनिधिले छुरा प्रहार गरेका छन् । 

उर्लाबारी नगरपालिका– ६ का वडा सदस्य एवं तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यले तामाङमाथि छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।

उनका अनुसार विश्वकप फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि छुरा प्रहारको घटना भएको हो । अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिष्पर्धा हेरिसकेर घरतर्फ जाने तयारी गर्दै गर्दा दुई जनाबीच विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । त्यही विवाद छुरा प्रहारको घटनामा परिणत भएको प्रहरीको भनाइ छ । 

उक्त विवादलाई लिएर उर्लाबारी ५ स्थित एरोमा होटेलबाट घरतर्फ जानै लागेका तामाङमाथि शाक्यले बिहान ३ बजेतिर छुरा प्रहार गरेको तिमल्सिनाले बताए । छुरा प्रहारबाट पेटमा चोट लागेपछि घाइते भएका तामाङलाई उपचारका लागि विर्तामोड स्थित वी एण्ड सी हस्पिटलमा लगिएको छ । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था खतरामुक्त रहेको जानकारी दिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनामा संलग्न शाक्य फरार रहेकाले खोजी तिव्र पारिएको छ । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । उनीमाथि कारवाही प्रक्रिया अघि नबढाउन प्रहरीमा विभिन्न राजनैतिक नेत्रृत्वबाट दवाव आइरहेको एक प्रहरीले बताए । प्रहरीले यस घटनालाई राजनैतिक आडमा भएको अपराधका रुपमा लिएको छ । 

पछिल्लो समय मोरङ–११ मा आवद्ध भएर फुटबल खेलिरहेका तामाङ यस अघि ‘ए’ डिभिजन क्लबबाट पनि खेलिसकेका खेलाडी हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.