आफैँलाई गोली हान्न लगाएका श्री निवासाचार्य ५ हजार धरौटीमा रिहा
विराटनगर: आफैँलाई गोली हान्न लगाएको अभियोगमा थुनामा रहेका हिन्दु धर्मगुरु श्री निवासाचार्यलाई मोरङ जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ। निवासाचार्याले हिन्दु धर्मको बचाउका लागि भन्दै आफैँले आफैँलाई गोली हान्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
गत चैत २५ गते राति उनीमाथि विराटनगरमा गोली हानिएको थियो । श्रीनिवासाचार्यमाथि वैशाख ३० गते ज्यान मार्ने उद्योगमा मुद्दा चलाएपछि थुनामा पठाइएको थियो ।