मधुवनका अग्निपीडितलाई ग्यास चुल्हो

मधुवनका अग्निपीडितलाई ग्यास चुल्हो

धरान: आगलागीबाट घर गुमाएका सुनसरीको बराहनगरपालिका–११ स्थित मधुवनका आगलागी पीडितहरुलाई सिलिण्डरसहितको ग्यास चुल्हो वितरण गरिएको छ । मधुवन–प्रकाशपुर सरोकार समाजको अगुवाइमा इनरुवामा संकलित राहत रकमबाट पीडितहरुलाई सिलिण्डरसहित ग्यास चुल्हो वितरण गरिएको हो । 

समाजका सदस्य दिनेशकुमार लमसालको पहलमा पीडित ३६ घर परिवारलाई सिलिण्डरसहितको ग्यास चुल्हो वितरण गरिएको हो । आगलागीमा परेर धनसम्पत्ति गुमाएका पीडितहरु घटनापछि दाउराले खाना पकाउँदै आएका थिए । 

आगलागी पीडितहरुलाई सानो राहत दिने उद्देश्यले रकम संकलन गरी सिलिण्डरसहितको ग्यास चुल्हो वितरण गरिएको समाजका लमसालले बताए । समाजले पीडित परिवारलाई ग्यास चुल्हो वितरण गरेपछि पीडित परिवारले ग्यासबाट खाना पकाउन थालेको पीडित किसुनदेव सरदारले बताए । 

उनले आगलागीपछि नगरपालिकाबाट ५ हजार नगद भन्दा अन्य राहत नपाएको गुणासो गरेका छन् । मधुवनमा गत चैत ३ गते स्थानीय पुरन चौधरीको घरमा विद्युत् सट हुँदा ३६ घर जलेर नष्ट भएका थिए । आगलागीमा १८ चौपायाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.