चिडिया घर अगाडि कार्यक्रम गर्न रोक

चिडिया घर अगाडि कार्यक्रम गर्न रोक

ललितपुर : ललितपुर महानगरपालिकाले चिडियाखाना अगाडिको जाउलाखेल मैदानमा कुनै पनि प्रकारका सांगीतिक कार्यक्रमलगायत ध्वनी प्रदुषण हुने खालका गतिविधि गर्न रोक लगाएको छ ।

सदर चिडियाखानमा राखिएका वन्यजन्तु तथा चराचुरुंगीलाई ध्वनी प्रदुषणले गम्भीर असर पु¥याएको गुनासो बढेपछि यस्तो निर्णय गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

महर्जनको भने, ‘यो निर्णय गर्नुभन्दा पहिला वातावरण तथा वन्यजन्तुविज्ञ, सदर चिडियाखानासँग छलफल गरिएको हो ।’

‘विभिन्न खालका कन्सर्ट, ज्याजलगायतका हेभी म्युजिकले आसपासका बासिन्दा र वन्यजन्तु तथा चराचुरुंगीलाई समेत असर गरेकाले अब देखि यो मैदानमा ध्वनी प्रदुषण हुने खालका कार्यक्रम गर्न नपाउने निर्णय गरिएको हो’, महर्जनले भने ।

नेपालको संविधान धारा ३० (२) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सूचना जारी गरिएको महानगरले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष केन्द्रीय कार्यालयका बन्य जन्तुविज्ञ डा.नरेश सुवेदीले वन्यजन्तुलाई शान्त वातावरण चाहिने बताउँछन् ।

उनले भने ‘चिडियाघर भनेको अस्पताल जस्तै हो बिरामीलाई अनावश्यक आवाज एकोहोरो आएमा झर्को लाग्छ । वन्यजन्तुलाई पनि सडकमा चल्ने सवारीको हर्न, अन्य कुनै आवाजहरूले चिटचिटाहट हुन्छ ।’

कतिपय वन्यजन्तुहरू संवेदनशील हुने भएकाले ध्वनि प्रदूषणले बिरामी पर्ने गरेको सुवेदीले बताए । रेडपान्डालाई भित्र लुकाएर राख्नुको कारण त्यही हो । यो जीव अत्यन्त संवेदनशील हुन्छ । त्यस्तै साना खालका अन्य स्तनधारी जनावरलाई यस्ता प्रदुषणबाट बचाउनुपर्ने सुवेदीले बताए ।

तर हात्ती र गोही जस्ता जनावरलाई कुनै पनि समस्या नहुने उनले बताए ।

ध्वनी प्रदुषणको प्रभाव निकै गम्भीर प्रकारको भएको बताउँदै उनले भने, ‘प्रदुषणका कारण जनावरहरू तनावमा पर्छन्, कतिपय मर्छन् पनि ।’

सुवेदीले यस्ता जीवजन्तुमा ध्वनी प्रदुषणले प्रजनन्मा असर गरेको बताए । ‘जनावरहरू प्रजनन् क्रियामा भाग नलिने, भाग लिएको अवस्थामा पनि बच्चा राम्रो नहुने प्रभाव देखिएको छ’, उनले भने ।

जीवजन्तु जंगलमा खुल्लमखुल्ला हिँड्न नपाएको समस्या एकातिर र अर्कोतिर अनाहकमा निस्किएका ध्वनीको तनावमा पर्ने गर्छन् । विदेशका चिडियाघरमा दुई, तीन किलोमिटर सम्म जंगल, छहारी हुने भए पनि हाम्रो चिडियाघर सडकको छेवैमा भएको कारण जनावरलाई थप समस्या पर्न गएको उनले बताए । चिडियाघरहरू शहरी क्षेत्र भन्दा टाढा राख्नुपर्ने हुन्छ ।

चिडिया घरलाई मनोरञ्जन तथा संरक्षणको पाटोका रुपमा लिएर शिक्षा पनि दिनुपर्ने बताउँदै उनले भने, ‘बालबालिकालाई बाघ देखाउन जंगल लैजान सकिदैन त्यसैले यस्ता कुराहरूको बेलैमा संरक्षण गरेकोमा राम्रो हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.