विश्वकपले टीभीको व्यापार बढ्यो
नारायणगढ : फुुटबलको कुुम्भ मेला विश्वकप फुटबलले टेलिभिजनको बिक्री बढेको छ । विश्वकप हेर्न नयाँ टीभी किन्ने ग्राहक बढेकाले टीभीको व्यापार बढेको हो । यसअघि सामान्य बिक्री हुुने टीभी विश्वकप सुुरु भएयता ह्वात्तै बढेको छ । विश्वकपका लागि टीभी कम्पनीले दिएको छुुटको उपयोग गर्दै ग्राहकले टीभी किनेका हुन् । विश्वकप हेर्न ठूला साइजका टीभी बढी बिक्री हुुने गरेको व्यवसायी बताउँछन् ।
सोनी टीभीको आधिकारिक बिक्रेता शुुभकामना इलेक्ट्रोनिक्समा विश्वकपकै कारण एक सयभन्दा बढी टीभी बिक्री भएको छ । यसमा सोनी कम्पनीका टीभी सबैभन्दा बढी बिक्री भएका हुन् । विश्वकपको माहोल सुुरु भएपछि दैनिक ग्राहक बढेको सञ्चालक सूर्यभक्त अधिकारीले बताए । ‘वल्र्डकपले पहिलाभन्दा धेरै टीभी बिक्री भएको छ’, अधिकारीले भने, ‘पहिला साना टीभी बिक्री हुन्थे, अहिले ठूला टीभी खोज्ने आउँछन् ।’
पहिला ३२ इन्चका टीभी बिक्री हुुने गरेकोमा अहिले ४२ इन्चभन्दा माथिका टीभी बढी बिक्री भएका छन् । ग्राहकले स्मार्ट टीभी बढी रोज्ने गरेका छन् । मुुख्य गरेर सोनी, एलजी र सामसङ कम्पनीका टीभी बढी बिक्री भएको व्यवसायी बताउँछन् । ५५ इन्चको टीभी बिक्री पनि बढेको व्यवसायीको भनाइ छ । एउटै पसलमा दिनमा १५ वटासम्म टीभी बिक्री हुुने गरेको छ । स्मार्ट टेलभिजनको माग पनि बढेको छ । विश्वकप सुुरु हुुनुुभन्दा एक सातायता टीभी किन्ने ग्राहक बढेका हुन् । विश्वकप सुुरु भएपछि कारोबार उच्च रहेको एलजी टीभीको आधिकारिक बिक्रेता मणी टीभी सेन्टरका सञ्चालक शिरोमणि भट्टराईले बताए । ‘अहिले ठूला स्मार्ट टीभी बिक्री भएका छन्’, उनले भने, ‘टीभीका ग्राहक वल्र्डकपले ह्वात्तै बढाइदियो ।’
उनले १० दिनमा एक सयवटा टीभी बिक्री गरेको उल्लेख गरे । उनका अनुुसार स्तरीय टीभीको माग बढी छ । नारायणगढ, टाँडी, पर्सा र नवलपुुरको कावासोतीमा गरेर सामसुुङका ६ सय थान टीभी बिक्री भएको कम्पनीले जनाएको छ । सामसङका क्षेत्रीय बिक्री प्रबन्धक राजेन्द्र दाहालले स्मार्ट टीभीमा आकर्षण बढेको बताए ।