एमबीबीस प्रवेश परीक्षा अन्योलमा

एमबीबीस प्रवेश परीक्षा अन्योलमा

धरान : चिकित्सा शिक्षा आयोगले कार्यविधि नबनाएका कारण एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा अन्योलमा परेको हो।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, काठमाडौं युनिर्भसिटी र त्रिवि शिक्षण अस्पतालले लिँदै आएको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा कहिले हुने भन्ने अन्योल भएको हो। आयोगले प्रवेश परीक्षा एकीकृत रूपमा गर्ने भन्दै चारै अस्पताललाई लिखित निर्देशन दिँदै स्थगन गर्न भनेको छ।

 आयोगका सचिव लालजङ चौहानले जेठ १६ गते हस्ताक्षर गरेको पत्रमार्फत प्रवेश परीक्षा स्थगन गर्न निर्देशन दिइएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र आयोगका सहअध्यक्षको निर्देशनमा प्रवेश परीक्षा स्थगन गरिएको पत्रमा उल्लेख छ। प्रवेश परीक्षा स्थगन गर्न दिएको एक महिना बित्न लाग्दा पनि आयोगले नयाँ कार्यविधि बनाउन नसकेको जनाइएको छ।

एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा रोकिएपछि नयाँ शैक्षिक सत्र नियमित हुन सकेको छैन। स्वायत्त रूपमा सञ्चालित चारै अस्पतालले गत वर्ष आफैं प्रवेश परीक्षा लिई उत्तीर्णलाई भर्ना लिँदै आएका थिए। आयोगले यो वर्ष आवेदन नखुलाउन निर्देशन दिएका कारण प्रवेश परीक्षा स्थगन गरिएको प्रतिष्ठानका प्रवक्ता पशुपति चौधरीले बताए। 

भने, ‘आवेदन खुलाउने अघिल्लो दिन प्रवेश परीक्षा स्थगन गर्न निर्देशन आएको थियो।’ उनका अनुसार आयोगले प्रवेश परीक्षा लिन ढिलासुस्ती गरेका कारण प्रतिष्ठानलाई नयाँ शैक्षिक सत्र सुरु गर्न समस्या भएको छ। प्रतिष्ठानले यसअघि अगस्ट १ मा प्रवेश परीक्षा लिँदै आएको थियो।

प्रवेश परीक्षाको समिति गठन भइसके पनि कार्यविधि बनाउन ढिलाइ गरेका कारण मेडिकल कलेजका परीक्षा रोकिएको जनाइएको छ। कक्षा १२ को नतिजा निकाल्ने अन्तिम तयारी रहे पनि आयोगले समयमै कार्यविधि बनाएर एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाको तयारी नगरेर विद्यार्थीको भविष्यमाथि खेलबाड भएको इटहरीका भुवन गेलालले बताए।

आयोगका सचिव चौहानले डा. जगदीश अग्रवालको संयोजकत्वमा प्रवेश परीक्षा समिति गठन भइसकेको र अबको हप्ता दिनभित्र एकीकृत कार्यविधि तयार गरी आवेदन खुलाइने जानकारी दिएका छन्। भने, ‘कतिपय मेडिकल कलेजले मापदण्ड निर्धारण गर्दा गल्ती गरेका कारण यो वर्षदखि एकीकृत प्रवेश परीक्षाको अवधारणा ल्याइएको हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.