बच्चाको पेटबाट ७ सय ग्राम जुका झिकियो

बच्चाको पेटबाट ७ सय ग्राम जुका झिकियो

ओखलढुंगा : ओखलढुंगा सामुदायिक अस्पतालमा ८ वर्षीय बालकको पेटबाट शल्याक्रिया गरी ७ सय ग्राम जुका निकालिएको छ। चिसंखुगढी गाउँपालिका-६ भदौरेका झनमाया मगरका छोरा मदनको पेटबाट जुका निकालिएको हो। बालकको श्वास बढ्ने, हिँड्न नसक्ने, खाना खान मन नगर्ने र बान्ता गर्नेलगायत लक्षण देखिएपछि अभिभावकले अस्पताल भर्ना गराएका थिए।

 धामीझाँक्री लगाए पनि ठीक नभएपछि अस्पताल ल्याइएको मदनकी आमा झनमायाले बताइन्। समयमै अस्पताल ल्याएकाले बालकलाई बचाउन सफल भएको डा. रवीन्द्र मेहताले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.