वडालाई दिइएन समानुपातिक बजेट

वडालाई दिइएन समानुपातिक बजेट

धनकुटा : छथरजोरपाटी गाउँपालिकाले चालू आर्थिक वर्षका लागि सबै वडालाई समानुपातिक रूपमा बजेट विनियोजन गरेको थियो। ६ वडामा विभाजित गाउँपालिकाले ४०÷४० लाख बजेट सिलिङ तोकिदिएको थियो। आगामी आर्थिक वर्षका लागि भने जनसंख्या, भूगोल, आन्तरिक आयलाई मुख्य आधार मान्नेर वडाको बजेट सिलिङ तोकिएको छ।

यसपटक मुख्य तीन कुरालाई आधार मानेर बजेट सिलिङ तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले बताए। यो मापदण्डका आधारमा अन्यको तुलनामा अघि रहेको वडा नम्बर ६ ले ३० लाख बजेट सिलिङ पाएको छ। त्यस्तै, वडा नम्बर २ ले २९ लाख, ५ ले २८ लाख, १ ले २७ लाख ५० हजार, ३ ले २७ लाख र ४ ले २६ लाख बजेट सिलिङ पाएको गाउँपालिकाले जनाएको छ।

बजेट सिलिङबराबरको योजना टोलस्तरीय हुँदै वडा परिषद्बाट यही असार १७ गते बस्ने गाउँसभाले पारित गर्ने प्रमुख प्रशासकीय अधिकृत थापा मगरले बताए।

चौबिसे गाउँपालिकाले भने जनसंख्या, भूगोल, आन्तरिक आयको तीन सूत्रसहित दुर्गम र सुगम वडाका आधारमा बजेट सिलिङ तोकेको प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मि श्रले बताए। यो गाउँपालिकामा आठ वडा छन्। हरेक वडालाई २५ लाखदेखि ३० लाखसम्म बजेट सिलिङ तोकिएको छ। उनका अनुसार यही असार १० गते बस्ने गाउँसभाले वडाको आगामी वर्षको योजना तथा कार्यक्रम पारित गर्नेछ।

सहिदभूमि गाउँपालिकाले पनि वडाको बजेट सिलिङका लागि भूगोल, जनसंख्या र आन्तरिक आयसँगै मानव विकास सूचकांकलाई आधार मानेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए। ७ वडा रहेको यो गाउँपालिकाले गत वर्ष समानुपातिक ढंगले बजेट विनियोजन गरेको थियो। यो वर्ष भने वित्तीय समानीकरणलाई आधार मानेर वडाहरूलाई २२ लाखदेखि २५ लाखसम्म बजेट सिलिङ बनाइएको उनले सुनाए।

धनकुटा नगरपालिकाले गत वर्षदेखि नै भूगोल, जनसंख्या र आन्तरिक आयलाई मापदण्ड मानी वडाको सिलिङ तोकेर बजेट विनियोजन गर्न थालेको नगरपालिकाका प्रवक्ता जमशेर राईले बताए। यीबाहेक लाभान्वित घरधुरी, विपन्नता, लक्षित वर्ग र पिछडिएको क्षेत्रलाई पनि बजेट सिलिङ गर्दा आधार मानिएको उनको भनाइ छ।

धनकुटा नगरपालिकामा १० वडा छन्। आगामी आर्थिक वर्षका लागि वडा नम्बर १ ले ७० लाख, २, ६, ७, ८ र ९ ले ६०÷६० लाख, ३, ४, ५ र १० ले ५५÷५५ लाख बजेट सिलिङ पाएका छन्।

महालक्ष्मी नगरपालिकाले पनि अन्य स्थानीय तहजस्तै जनसंख्या, भूगोल र आन्तरिक आयका आधारमा वडाको बजेट विनियोजन गरेको छ। वडा नम्बर १, २, ३ र ७ लाई ३०÷३० लाख, ५, ६, ८ र ९ का लागि २७÷२७ लाख र ४ का लागि ३५ लाख बजेट सिलिङ बनाइएको मेयर पर्शुराम नेपालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.