तस्करलाई लखेटेर समात्यो सुनसरी प्रहरीले

तस्करलाई लखेटेर समात्यो सुनसरी प्रहरीले

 इटहरी :सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले लखेटेर एक तस्करलाई सामानसहित नियन्त्रणमा लिएको छ । बिहीबार राति भारतीय गाडीसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल–भारत सीमामा  सेटिङ बनाएर तस्करीमा सक्रिय सुनसरी कोशी गाउँपालिका ८ हरिपुरका ३० वर्षीय चन्दन यादव समातिएको प्रहरीले जनाएको छ ।

कोशी गाउँपालिका श्रीपुरमा खटिएको प्रहरी टालीले बी आर ३८ पी १९४८ नं. को कार रोक्न खोज्दा उक्त कार नरोकिई भागेको थियो । प्रहरीलाई पेलेर भागेको उक्त कारलाई नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी नारायण चिमोरिया नेतृत्वको प्रहरी टोलीसमेत खटिएको थियो ।

उक्त कारसहित यादवलाई कोशी गाउँपालिका ६ को कटानबाट नियन्त्रणमा लिएको डीएसपी चिमोरियाले बताए । यादवले यसअघि पनि संगठित रुपमा तस्करी गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत वैशाख २५ गते कोशी गाउँपालिकाबाटै भएको तीन हजार ५१० किलो चाइनिज स्याउ बरामदको घटनामा समेत यादव जोडिएको बताइएको छ ।

कोशी गाउँपालिका ८ पानीटंकी पूर्व दक्षिणतर्फको यादव टोलबाट भारतीय ट्रकमा हालेर भारततर्फ लैँजादै गरेको स्याउ प्रहरीले नियन्त्रणमा लिएको थियो । बीआर ५०जी ४०१६ नं. को उक्त ट्रकसँगै भारत सुपौलका ट्रकमा चालक ३३ वर्षीय पवन यादवसमेत समातिएका थिए । १९ लाख बढीको उक्त सामान र ट्रकमा प्रहरीले भन्सार पठाएको थियो ।

नेपालको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था छ । सुनसरीको सीमावर्ती क्षेत्रमा भारतीय तस्करलाई स्थानीय सशस्त्र प्रहरीले नै सुरक्षा दिने गरेको र तस्करको सवारी साधनमा सशस्त्र प्रहरी हतियारसहित डुल्ने गरेको कोशी गाउँपालिकाका स्थानियवासी बताउँछन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.