कर्णालीका ‘हिमचितुवा' धावक रोकाया गम्भीर विरामी

कर्णालीका ‘हिमचितुवा' धावक रोकाया गम्भीर विरामी

जुम्ला : कर्णालीको 'हिमचितुवा'को रुपमा प्रख्यात विश्व किर्तिमानी एथलेटिक्स धावक हरिबहादुर रोकाया गम्भीर विरामी परेका छन् । हाल न्यूरो अस्पताल बाँसबारीको आइसीयूमा राखेर उनको उपचार भइरहेको छ । एक्कासी शरीर नचल्दा धावक रोकाया हिडडुल गर्न नसक्ने अवस्थामा छन् ।

गत शनिबारदेखि उनको हातखुट्टा चल्न छाडेको छ । कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार शरीर नचल्दा धावक रोकायालाई समस्या भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट  काठमाडाैं पठाइएको जानकारी  दिए ।

 प्रतिष्ठानका डा. नविन थापाले  रोकायको खानपानको सन्तुलन नमिल्दा रोगसँग लड्न सक्ने क्षमता कमजोर भएपछि स्नायु प्रर्णालीमा समस्या आएको  बताए ।  उनले भने,‘निमोनिया, डायरीया भएको खण्डमा नसा हानेर समस्या हुन्छ । त्यो समस्या उनका देखिएको हो ।’ 

धावक रोकायाले जुम्लाको सिमाचौरमा दुई दर्जन बढी खेलाडीलाई एथलेटिक्स प्रशिक्षण दिदै आएका थिए । उनले उत्पादन गरेका आधा दर्जन बढी धावकले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलमा भाग लिइसकेका छन् ।

उनले खेलाडीलाई प्रशिक्षण दिनका लागि हिमपात, घामपानी नभनेरै निरन्तर लागिपरेका छन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.