सुन तस्करी प्रकरण : धमाधम पक्राउ पर्दै हुन्डी कारोबारी

सुन तस्करी प्रकरण : धमाधम पक्राउ पर्दै हुन्डी कारोबारी

काठमाडौं : तीन हजार आठ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समितिले पछिल्ला दिनमा धमाधम हुन्डी कारोबारीलाई पक्राउ गर्न थालेको छ। सुन र हुन्डीको कनेक्सन खोतल्ने क्रममा हुन्डी कारोबारीका नाम खुलेपछि समितिले उनीहरूलाई नियन्त्रणमा लिन थालेको हो।

गृह मन्त्रालयका सहसचिव एवं समितिका संयोजक ईश्वरराज पौडेलको टोलीले हुन्डी कारोबारी विमल पोद्दार, अकबर शाह र डब्बु भनिने इम्तियाज अलीलाई पक्राउ गरेर छानबिन थालेको छ।

शाहकै बयानका आधारमा समितिले अलीलाई पक्राउ गरेको हो। समितिका एक सदस्यका अनुसार पोद्दार, शाह र अलीबीच हुन्डी कारोबारीमा कनेक्सन देखिएको छ। व्यापारी आडमा यिनीहरूले हुन्डी कारोबार गरिरहेको समितिले सूचना पाएको छ। समितिका अनुसार पोद्दार विदेशी मुद्रा तस्करीमा समेत यसअघि मुछिएका व्यक्ति हुन्। प्रहरीले यथेष्ट प्रमाण जुटाउन नसक्दा उनी कारबाहीबाट उम्किएका थिए।

केही व्यापारीले आवरणमा व्यापार देखाए पनि भित्री रूपमा अर्थतन्त्रमा ह्रास आउने गरी हुन्डी कारोबार गरिरहेको समितिले सूचना पाएको छ।

नेपालमा बसेर केही व्यापारीले आवरणमा व्यापार देखाए पनि भित्री रूपमा अर्थतन्त्रमा ह्रास आउने गरी हुन्डी कारोबार गरिरहेको समितिले सूचना पाएको छ। ‘सुनसँग हुन्डी कारोबारीको कनेक्सन भेटिएको छ। दुबईबाट सुन ल्याउने र उतैका व्यापारीलाई हुन्डीमार्फत पैसा पठाएको केही घटनाले पुष्टि गरेका छन्’, समितिका सदस्य एसएसपी वसन्त लामाले भने, ‘हामी अनुसन्धान गर्दै छौं।’ हाल पक्राउ परेका ओलीले अवैध रूपमा रकम विदेश पठाउने र सुनको कारोबार गर्दै आएको समितिको छानबिनले देखाएको छ। हुन्डी र सुन तस्करीलाई प्रहरीकै उच्च अधिकृतले संरक्षण गरेका कारण यसअघिका घटना सार्वजनिक नभएको समितिको निष्कर्ष छ।

समितिले केही पूर्वप्रहरी अधिकृत र हाल पक्राउ हुन्डी कारोबारीका आरोपित व्यक्तिबीचको कनेसक्न खोतल्न सुरु गरेको छ। अहिले विमानस्थलमा बसेका प्रहरीका पूर्वअधिकृतसँगको कनेक्सन खोतल्ने काम भइरहेको समितिका एक सदस्य बताउँछन्।

समितिलाई अहिले तस्करी भएको सुन कहाँ गयो भन्ने पत्ता लगाउन हम्मेहम्मे परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन नेपाली बजारमै बिक्री भयो वा सीधै भारततर्फ गयो ?        यो विषय छानबिन समितिले अहिले नवीन ढंगबाट केलाउन थालेको छ। ‘सुन कहाँ कसरी गायब भयो, त्यो हामी नवीन ढंगबाट खोजी गरिरहेका छौं’, एसएसपी लामाले भने, ‘हामीले धेरै व्यक्तिलाई सम्पर्कमा ल्याउँदै बयान लिएर पनि छाडेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.