हुम्लाको जाँङ गाउँ : खाली घरमा तालाचाबी

हुम्लाको जाँङ गाउँ : खाली घरमा तालाचाबी
सुन्नुहोस्

हुम्ला : हिमालपारिको गाउँ भनेर चिनिँदै आएको हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको–६ नम्बर वडामा तीन वटा गाउँ छन्। एक गाउँबाट अर्को गाउँ पुग्न झन्डै तीनदेखि चार घण्टा पैदल दूरी लाग्छ। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ मा पर्ने लिमीको तीन तिल, जाँङ, हल्जी हो। साविकको लिमी गाउँ विकास समिति थियो। हाल नाम्खा गाउँपालिका ६ नम्बर वडा पर्छ। झन्डै २० वर्षपहिले ६४ घरधुरी रहेको जाँङ गाउँका नागरिकहरूले गाउँ छोडेर सहर केन्द्रित भएपछि गाउँमा तालाचाबी लगाएर बन्द छ। गत वर्षसम्म १७ घरधुरी रहेका जाँङ गाउँका नागरिकहरू यस वर्ष २ घरधुरीमात्रै बाँकी रहेका छन्। लिमी गाउँदेखि चीनको बोर्डर लिमी लाप्चा पुग्न ४२ किलोमिटर दूरी पर्छ। 

नेपाल सरकारले न त बीओपी स्थापना गरेको छ। न त नेपाली सेनानै सीमा सुरक्षा राखेको छ। लिमीका तीन गाउँ हल्जी, जाँङ, तिल गाउँका नागरिकले सीमा रक्षक बनेका थिए। लिमीको सुनखानीमा अस्थायी प्रहरीचौकी छ। 

तर हिँउदमा सदरमुकाम सिमकोट सारिन्छ बर्खाको समयमा सुनखानी सर्न गरेको छ। लिमीका तीन गाउँका नागरिकले सीमाको मात्रै रक्षा गरेका छैनन् विश्वकै दुर्लभ र लोपोन्मुख चराचुरुंगी लिमी उपत्यकाको माथिल्लो क्षेत्रमा पाइने ७० प्रजातिका चराचुरुंगीदेखि विश्वकै दुर्लभ मानिएको वनचौरी, रातो भालु, चितुवा, वनकुकुर, संरक्षण यहाँका नागरिकले गरेका हुन्। तर पछिल्ला समय लिमीको जाँङ गाउँका नागरिकहरू सहर केन्द्रित भएपछि हाल दुई घरधुरीमा मात्रै रहेका छन्। केही नागरिक रोजगारी   तथा व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट, केही नागरिक काठमाडौं बसाइँसराइ सरेपछि गाउँ रित्तिँदैँ गएको छ। जाँङ गाउँका ८० प्रतिशत नागरिक काठमाडौंमै छन् भने बाँकी चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन्। 

जाँङ गाउँका सुन्डुप लामा र कासाङ लामाले बसाइँसराइ सारेका छैनन् यस वर्ष उनीहरू पनि हिउँदको चिसो छल्न काठमाडौं झरिसकेको नाम्खा गाउँपालिका—६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। जाँङ गाउँबाट वडासदस्यको प्रतिनिधित्व गर्दै आएकी पुटी लामाले वडामा राजीनामा लेखेर दिएर गाउँ छोडेको वडाध्यक्ष तामाङले बताए। अहिले जाँङ गाउँ तालाचाबी लगाएर बन्द भइसकेको छ वडाध्यक्ष तामाङको भनाइ छ।

गाउँको विद्यालय बन्द

कक्षा–३ सम्म मान्यता पाएको नाम्खा गाउँपालिका–६ जाँङस्थित भृकुटी आधारभूत विद्यालय बन्द भएको छ। स्थानीयहरूले गाउँ नै छोड्न थालेपछि भृकुटी आधारभूत विद्यालयसमेत खाली भएको छ। दुई जना मात्रै विद्यार्थी भएपछि शिक्षक राजबहादुर ऐडीलाई तातापानी आधारभूत विद्यालय केर्मीमा खटाएको र शिक्षक सन्तबहादुर रोकायालाई सुनखानी आधारभूत विद्यालय हल्जी खटाएको नाम्खा गाउँपालिका शिक्षा शाखा प्रमुख मनराज बुढाले जानकारी दिए।

विद्यार्थी संख्या गाउँमा नभएपछि शिक्षकहरू पनि अन्य विद्यालयमा खटाएको छौं सुनखानी आधारभूत विद्यालयमा विद्यार्थी संख्या ५१ जना छन्। शिक्षक अपुग भएसँगै शिक्षक सन्तबहादुर रोकायालाई हल्जी र राजबहादुर ऐडीलाई केमी खटाएको छौं राजबहादुर ऐडी अहिलेसम्म हाजिर नभएको शिक्षा शाखा प्रमुख बुढाले बताए। नाम्खा गाउँपालिका–६ को हल्जी गाउँस्थित सुनखानी आधारभूत विद्यालयलाई यस वर्षबाट कक्षा ६ सम्मको अनुमति दिएको छ बुढाले बताए।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार जाँङ गाउँका नागरिकहरूले गाउँ छोड्न थालेपछि आफूसमेत चिन्तित भएको बताए। जाँङ गाउँका नागरिकहरूबाट जाँङ गाउँस्थित फेलग्यालिङ गुम्बाको सामानसमेत काठमाडौं लिने लगिसकेको उनले बताए। जाँङ गाउँबाट निर्वाचित जनप्रतिनिधि लामासमेतलाई गाउँ नछोड्न आग्रह गदागर्दै पनि यहाँले जनप्रतिनिधिबाट राजीनामा वडामा दिनुभयो स्वीकृत भएको छैन वडाध्यक्ष तामाङले बताए।

यस वर्षबाट गाउँ नै खाली हुन थालेको चिन्ता व्यक्त गरे। कात्तिक महिनापछि ५-६ घरधुरीमात्रै बस्ने संकेत भएपछि आफूहरू चिन्तित भएको वडाध्यक्ष तामाङको भनाइ छ। यस्तैगरी तिल गाउँका ४० घरधुरीमध्ये २२ घरधुरीमात्रै रहेका छन्।

हजार वर्ष पुरानो गुम्बा जोगाउन हल्जी गाउँ

हजार वर्षभन्दा पनि पुरानो हल्जी गुम्बाको संरक्षण गर्न हल्जी गाउँ अहिलेसम्म बसाइँसराइ सारेका छैन। ९६ घरधुरी रहेको हुम्लाको हल्जी गाउँ गुम्बाको संरक्षण गरिबसेका छन्। धार्मिक तथा ऐतिहासिक रूपमा निकै महŒवपूर्ण मानिने हल्जी गुम्बाको संरक्षणले बसाइँसराइ कतै नगरेको वडाध्यक्ष पाल्जोर तामाङले बताए। हल्जी गाउँले गुम्बाको रेखदेख अहिलेसम्म गरेका छौं यो गाउँ विस्थापित हुँदैन वडाध्यक्ष तामाङले बताए। धेरै वर्षदेखि सीमाको सुरक्षा गर्दै आएका लिमीवासीहरूलाई राज्यले कुनै चासो नदिएको भन्दै सहर केन्द्रित हुन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.