भक्तपुरमा ११ दिने नाटक महोत्सव, १० नाटक मञ्चन हुने

भक्तपुरमा ११ दिने नाटक महोत्सव, १० नाटक मञ्चन हुने
सुन्नुहोस्

भक्तपुर : नाट्यकर्मी समाज नेपालको आयोजनामा भक्तपुरको लिवालीस्थित आस्था थिएटरमा ११ दिने नाटक महोत्सव सुरु भएको छ। महोत्सव साउन १९ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवमा विभिन्न सामाजिक तथा समसामयिक विषयवस्तुमा आधारित १० वटा नाटक मञ्चन गरिने आयोजकले जनाएको छ। महोत्सवको पहिलो दिन खेल खतम नामक नाटक प्रदर्शन गरिएको छ। पहिलो र अन्तिम दिन यो नाटक प्रदर्शन हुनेछ।  आइतबार क्षेरावती नामक नाटक प्रदर्शन गरिएको छ। 

यसरी नै क्रमशः १२ बजे, खुँगाता ज्व ज्व, तन्त्र टाब्लेट (नेपाली भाषा), खुँ, तन्त्र टाब्लेट, टुरिस्ट गाइड, अस्पतालया जा, रानी पुखु प्रदर्शन हुने जनाइएको छ। यी सबै नाटकहरु तन्त्र टाब्लेट (नेपाली भाषा)मा बाहेक सबै नेपाल भाषा (नेवारी भाषा) मा प्रदर्शन हुनेछन्। 

यी नाटकहरू भक्तपुर साकोस, ख्वप कलेज, स्टार वाचनालय, बहुरङ्गी रंगकर्मी समूह, बाल विकास ई. स्कुल, प्रभात मावि, श्रमिक साकोस, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर नगरपालिका–१, शहीद निर्मल–पुष्प स्मृति वाचनालय, जेलाँ सांस्कृतिक समाजले मञ्चन गर्ने जनाइएको छ। 

आयोजक नाट्यकर्मी समाज नेपालका अनुसार सुरुमा ११ दिनमा ११ वटा नाटक प्रदर्शन गर्ने योजना थियो। तर विशेष कारणले ११ दिनमा १० वटा मात्रै नाटक प्रदर्शन गरिनेछ। त्यसकारण पहिलो र अन्तिम दिनमा एउटै नाटक दोह्याएर प्रदर्शन गर्ने योजना तयार गरेको आयोजक नाट्यकर्मी समाज नेपालका अध्यक्ष लक्ष्मी चवालले बताए। उनका अनुसार पूर्वनिर्धारित योजना अनुसार अन्तिम दिन  सिमा त फः फः स्व गरी ११ वटा नाटक मञ्चन गर्ने योजना थियो। यसका लागि संगम साकोसले मञ्चन गर्ने गरी तयारी समेत भइसकेको थियो।

कार्यक्रमको नाम रामशेखरया ख्याल ब्वज्या अर्थात् रामशेखरको प्रहसन प्रदर्शन राखिएको छ। भक्तपुरका चर्चित लेखक, कलाकार स्वर्गीय रामशेखर नकर्मीले लेखेका नाटकहरुको प्रदर्शनी गर्न लागेको हो। स्वर्गीय नकर्मीका धेरै प्रहसनहरुमध्ये ११ वटा प्रहसन छनौट गरी प्रदर्शन गर्न लागिएको हो। आयोजकका अनुसार साउन ९ गतेदेखि १९ गतेसम्म हरेक साँझ ५ बजे आस्था थिएटरमा नाटक प्रदर्शन हुनेछ। आस्था थिएटर भक्तपुर नगरपालिका–८, लिवाली, ख्वप इन्जिनियरिङ कलेज नजिक रहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.