स्रोत नखुलेको साढे ४ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे ४ लाखसहित एक जना पक्राउ
सुन्नुहोस्

विराटनगर : नेपाल–भारत सीमा हुँदै स्रोत खुलाउन नसकेको नेपाली नगद बोकेर आएका एकजना विराटनगरबाट आइतबार दिउँसो पक्राउ परेका छन्। 

सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साढे चार लाख नेपाली रुपैयाँ विराटनगर–६ का ३४ वर्षीय श्यामप्रसाद साह दिउँसो २ बजेतिर पक्राउ परेका हुन्। भारतबाट ई–साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले रोकेर चेकजाजाँच गरेको थियो। 

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साहको साथबाट एक हजार दरका ४ सय ५० थान नेपाली नोट अर्थात् ४ लाख ५० हजार रुपैयाँ बरामद भएको छ। बरामद रकमको स्रोतका बारेमा उनले कुनै विश्वसनीय विवरण दिन नसकेपछि प्रहरीले रकम र ई–साइकलसहित नियन्त्रणमा लिएको हो।

हाल साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। रकमको वास्तविक स्रोत, नेपाल ल्याउनुको उद्देश्य तथा सम्भावित अवैध आर्थिक कारोबारका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.