तस्करसँगै समातिए सशस्त्रका इन्स्पेक्टर

तस्करसँगै समातिए सशस्त्रका इन्स्पेक्टर

 इटहरी : सशस्त्र प्रहरीका एक इन्स्पेक्टर सुनसरीको कोसी गाउँपालिकाबाट पक्राउ परेका छन् । प्रहरीको जाँच छलेर अघि बढेको भारतीय कारलाई नियन्त्रणमा लिने क्रममा एक तस्करसहित इन्स्पेक्टर सुमन रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोसी गाउँपालिका-८ हरिपुरका ३० वर्षीय चन्दन यादवसँगै रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल-भारत सीमामा सेटिङ मिलाएर यादव लामो समयदेखि तस्करीमा सक्रिय रहँदै आएको जनाइएको छ । यादवसँग सशस्त्रका चार जवान पनि एउटै गाडीमा सवार थिए ।

श्रीपुरमा खटिएको प्रहरी टोलीले बीआर ३८ पी १९४८ नम्बरको कार रोक्न खोज्दा नरोकिई भागेको थियो । प्रहरीलाई पेलेर भागेको कारलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी नारायण चिमरिया नेतृत्वको टोलीसमेत खटिएको थियो ।

यादवलाई कारसहित कोसी गाउँपालिका-६ कटानबाट नियन्त्रणमा लिइएको डीएसपी चिमरियाले बताए । सुरक्षाकर्मी पक्राउ परेका विषयमा भने प्रहरीले केही खुलाएको छैन । स्रोतले भने तस्करलाई सुरक्षा दिइरहेका सशस्त्रले मादक पदार्थसमेत सेवन गरेको पाइएको जनाएको छ । सशस्त्र प्रहरीले हातहतियारसमेत बोकेको जनाइएको छ । पक्राउ परेका सुरक्षाकर्मीलाई आन्तरिक कारबाही गर्ने भन्दै सशस्त्रले जिम्मा लिएर गएको थियो ।

सशस्त्र प्रहरीले भने पक्राउ परेका इन्स्पेक्टरको बचाउ गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालय पकलीका डीआईजी मन्दिप श्रेष्ठका अनुसार इन्स्पेक्टर रानाभाट भर्खरै कोसी गाउँपालिका आएका हुन् । उनले आएदेखि नै सशक्त रुपमा तस्करीका सामान बरामद गरिरहेका थिए । ‘कसैलाई अप्ठेरो भएपछि उसलाई यस्तो आरोप लगाएको हुन सक्छ’, उनले भने, ‘उसमाथिको आरोप निराधार हो ।’

केही समयअघि मात्र सशस्त्रका अधिकारी संखुवासभाबाट काठ तस्करी आरोपमा धनकुटामा समातिएका थिए । एक महिनायता सशस्त्र प्रहरीका अधिकारी समातिएको यो दोस्रो घटना हो ।

यादवले यसअघि पनि संगठित रूपमा तस्करी गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कोसी गाउँपालिकाबाटै गत वैशाख २५ गते ३ हजार ५१० किलो चिनियाँ स्याउ बरामदको घटनामा पनि यादव जोडिएको जनाइएको छ । पानीट्यांकी पूर्व-दक्षिणतर्फको यादव टोलबाट भारतीय ट्रकमा हालेर भारततर्फ लैजाँदै गरेको स्याउ प्रहरीले नियन्त्रणमा लिएको थियो । बीआर ५० जी ४०१६ नम्बरको उक्त ट्रकसँगै चालक भारत सुपौलका ३३ वर्षीय पवन यादवसमेत पक्राउ परेका थिए । १९ लाखभन्दा बढीको उक्त सामान र ट्रक प्रहरीले भन्सारमा पठाएको थियो । उक्त सामान चन्दन यादवकै भएको खुलेको थियो ।

भारतसँगको सीमावर्ती नेपाली क्षेत्रमा सुरक्षाका लागि सशस्त्र खटिएका छन् । सुनसरीको सीमावर्ती क्षेत्रमा भारतीय तस्करलाई सशस्त्र प्रहरीले नै सुरक्षा दिने गरेको र तस्करको सवारी साधन चढी हतियारसहित डुल्ने गरेको स्थानीयवासी बताउँछन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.