मुलुकले कर्मचारी संक्रमण खेपिरहेको छ : मन्त्री पण्डित

मुलुकले कर्मचारी संक्रमण खेपिरहेको छ : मन्त्री पण्डित

सिमरा : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजनीतिक संक्रमण सकिए पनि मुलुकले अहिले कर्मचारीको संक्रमण खेपिरहेको बताएका छन्। 

जीतपुर सिमरा उपमहानगरपालिकाको दोस्रो नगर सभाको आइतबार उद्घाटन गर्दै मन्त्री पण्डितले कर्मचारी संक्रमणकै कारण समृद्धिको अभियानमा अवरोध भइरहेको बताए। कर्मचारीले आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा समस्या भइरहेको उनको भनाइ छ।

‘कर्मचारी अहिले पनि पुरानै सिस्टमबाट चल्न खोजिरहेका छन्, त्यही कारण समस्या भइरहेको छ’, मन्त्री पण्डितले भने, ‘हामी अहिले पुरानोबाट नयाँ सिस्टम बसाल्न खोज्दैछौं, केही समय लाग्छ। तर, सुध्रिन्छ।’

राज्यले दिएको जिम्मेवारी पूरा नगर्ने र राज्यले तोकेको स्थानमा पुगेर सेवा गर्न नसक्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने भन्दै मन्त्री पण्डितले समृद्धिको अभियानमा गम्भीरतापूर्वक काम गर्न निर्देशन दिए। मन्त्री पण्डितले राज्यलाई छलेर र ढाटेर सेवासुविधा लिने कर्मचारीले अब उन्मुक्ति नपाउने बताए। 

संघीय संरचनापछि बनेको तीन तहको सरकारबाट जनताको चाहना धेरै रहेको भन्दै मन्त्री पण्डितले जनताका लागि काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे। स्थानीय स्रोत र साधनलाई बढी प्रयोग गर्दै विकासका कामलाई गति दिन सके सफलता हासिल गर्न सक्ने उनको भनाइ छ। कार्यक्रममा प्रदेश २ का सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, शोभा लामालगायतले सम्बोधन गरेका थिए। 

सभामा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। मेयर डा. पौडेलले शिक्षा, स्वास्थ्य, कृषी, सडक, पर्यटन, युवा तथा खेलकुद, पर्यावरण संरक्षण, आवास तथा सहरीकरण, जग्गा व्यवस्थापन, औद्योगिक क्षेत्र व्यवस्थापन, स्वरोजगारलगायत विभिन्न क्षेत्रमा उपमहानगरले योजनाबद्ध ढंगले काम गर्ने बताए। 

‘पहिलो आर्थिक बर्षको अनुभवले हामीलाई अगाडी बढ्न सहज बनाएको छ, नीति तथा कार्यक्रमलाई पनि सबै क्षेत्रलाई सम्बोधन हुने गरी र जनताको चाहना पुरा गर्ने गरी ल्याएका छौं,’ मेयर डा. पौडेलले भने।

उपमहानगरले यस आर्थिक वर्ष ०७५/७६ का लागि चालु खर्चतर्फ १६ करोड १९ लाख र पुँजीगततर्फ ९० करोड ९६ लाख गरी एक अर्ब ७ करोड १५ लाख एक हजार आठ सय २० रुपैयाँ विनियोजन गरेको छ। उपमहानगरकी उपमेयर सरस्वती चौधरीले सभामा बजेट प्रस्तुत गरेकी थिइन्। उपमहानगरको अघिल्लो आर्थिक वर्षको बजेट ८४ करोड ५० हजार रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.