बुटवलको बजारमा बाढी पस्यो

बुटवलको बजारमा बाढी पस्यो
सुन्नुहोस्

बुटवल : गए रातीदेखि परेको वर्षापछि आएको बाढी बुटवलको बजारमा पसेको छ। बुटवलको प्रमुख बजार केन्द्र अमरपथसहित विकास पथ, शान्ति टोलका करिव एक सय पसलहरुमा बाढी पसेर क्षति पुर्‍याएको छ। 

पसलमा भएका सामानहरुमा क्षति हुँदा करोडौँको नोक्सान भएको व्यवसायीहरुले बताएका छन्। 

बुटवल हाटबजार नजिक रहेको राष्ट्रिय समाचार समिति (रासस) को कार्यालय पूर्ण रुपमा डुवानमा परेको छ। कार्यालयमा रहेका महत्वपूर्ण कागजात, कपडाहरु नष्ट भएका छन्। राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बाढीका कारण विस्थापित भएको बताए। 

बिस्तारासहित सुतेको पलङ डुबाउने गरी बाढी भित्र पसेको उनले बताए। उद्योग संघ, बस व्यवसायी प्रालिको कार्यालयमा समेत बाढीले क्षति पुर्‍याएको छ। ती कार्यालयमा भएका महत्वपूर्ण कागजात र फर्निचरहरु भिजेर नष्ट भएका छन्। 

कक्षाकोठा भित्रै बाढी पसेपछि बुटवल उपमहानगरपालिका ११ मा रहेको न्यू होराइजन माध्यमिक विद्यालयले आइतबार विद्यालय बन्द गरेको छ। बाढीले बगाएर ल्याएको लेदो कक्षाकोठा भित्रै पसेको विद्यालयले जनाएको छ। अमरपथ बजार क्षेत्र हिंड्नै नमिल्ने गरी बाढीले अस्तव्यस्त बनाएको छ। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.