सिद्धार्थनगर भैरहवाको बजेट २ अर्ब ४९ लाख रुपैयाँ

सिद्धार्थनगर भैरहवाको बजेट २ अर्ब ४९ लाख रुपैयाँ

भैरहवाः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ को लागि ५५ बुँदे निती तथा कार्यक्रमसहित २ अर्ब ४९ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

चालु तर्फ ४३ करोड १ लाख ८६ हजार र पूँजीगततर्फ १ अर्ब ५७ करोड ४७ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले पूर्वाधार, पर्यटन र स्थानीय शासनलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

आइतबारबाट सुरु भएको तेस्रो नगर सभामा नगर प्रमुख (मेयर) हरिप्रसाद अधिकारीले सबै क्षेत्रलाई उत्तिकै महत्व दिएर बजेट ल्याइएको बताए ।  चालु आव भन्दा ४५ दशमलव १३ प्रतिशतले बढाएर ल्याइएको बजेटमा सामाजिक सुरक्षातर्फ २ करोड, आरयुडिपीतर्फ २३ करोड र आइयुडिपीतर्फ १७ करोड थप गरिएको छ ।

बजेटमा भौतिक पूर्वाधारतर्फ एक अर्ब ५७ करोड, पूर्वाधारतर्फ विनियोजित रकम मध्ये सडक, सतह ढल र फोहोरमैला प्रशोधन केन्द्रमा निर्माणमा एक अर्ब ३९ करोड र वडास्तरीय अन्य योजनाका लागि ३ करोड ५० हजार विनियोजन गरिएको छ ।

बजेटमा कुल आयमध्ये आन्तरिक आयतर्फ कर, दस्तुर, शुल्क समेतबाट गरी ९ करोड, नेपाल सरकारको वित्तिय समानीकरण अनुदानतर्फ १७ करोड, राजश्व बाँडफाँडबाट ८ करोड, सडक वोर्डबाट एक करोड, जग्गा रजिष्ट्रेशन बाँडफाँडबाट एक करोड आम्दानी हुने अपेक्षा लिइएको छ ।

यस्तै एशियाली विकास बैंकतर्फ अनुदानमा एकीकृत शहरी विकास आयोजनबाट २८ करोड तथा क्षेत्रीय शहरी विकास आयोजनातर्फ एक अर्ब र नगर विकास कोषको ऋण ५ करोड प्राप्त हुने बजेटमा जनाइएको छ ।

नगरमा रहेको १३ वटा वडाहरुमध्ये वडा नम्बर १, ३, ६, ८ र ९  गरी ५ वटा वडालाई २६ लाख ५० हजार दरले र वडा नम्बर २, ४, ५, ७, १०, ११, १२ र १३ गरी ८ वटा वडालाई २१ लाखको दरले बजेट विनियोजन गरिएको छ ।

सभामा बजेट प्रस्तुत गर्दै मेयर अधिकारीले जनताका इच्छा, आकांङ्क्षा र आवश्यकताको तुलनामा नगरपालिकामा प्राप्त हुने स्रोत साधन अत्यन्त न्यून भएकाले सबै माग एवं चाहनालाई यो बर्षको कार्यक्रममा समाबेश गर्न नसकिएको बताए ।

बजेटमा नगरभित्र बसोबास गर्ने ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई घरघरमा गई स्वास्थ्यसेवा दिने, केन्द्र र प्रदेश सरकारबाट प्राप्त समानीकरण र राजश्व बाँडफाडलाई वडाहरुमा संचालन हुने कार्यक्रममा खर्च गर्ने, बौद्धत्व झल्काउन सबै घरमा एकै किसिमको बौद्ध रंङ्ग लगाउने, नगरलाई डुबान र हिलोमुक्त गराउने, बालमैत्री स्थानीय शासनको व्यवस्था गर्ने, दैनिक रुपमा उत्पादन हुने फोहोरबाट विद्युत् उत्पादन गर्ने, अपांङ्ग व्यक्तिको उत्थान र बालश्रम न्युनीकरण गर्दै विद्यालयबाट पढाई छाड्ने प्रवृत्तिलाई निरुत्साहिक पार्न लगायत योजना ल्याइएको नगर प्रमुख अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.