नगरपालिकाले कर बढाएकोमा विरोध

नगरपालिकाले कर बढाएकोमा विरोध

प्यूठान : स्वर्गद्वारी नगरपालिकाले आउँदो आर्थिक वर्षदेखि लागू हुने गरी कर बढाएकोमा विरोध सुरु भएको छ । कांग्रेस स्वर्गद्वारी नगरपालिकाले आइतबार भिंगृमा विरोध गरेको हो । कालो ब्यानरसहित स्थानीयले नारा जुलुस गरेका छन् । नगरपालिकाको पछिल्ला गतिविधि जनमैत्री नभएकाले विरोध गर्न बाध्य भएको कांग्रेसका क्षेत्रीय सभापति एवं स्थानीय व्यवसायी टेकप्रसाद भण्डारीले जानकारी दिए । ‘सोलार जडान गर्न पनि नगरपालिकाले सिफारिस दिएन’, भण्डारीले भने, ‘वैशाख २५ गते दिएको निवेदनको अहिलेसम्म बेवास्ता गरियो ।’ वैकल्पिक ऊर्जा प्रवद्र्वन केन्द्रमार्फत अनुदानमा आएका सोलार जडान गर्न स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने बाध्यता भएको भण्डारीको भनाइ छ ।

महिनौंदिनसम्म नगरपालिकाले सिफारिसमै अल्झाइदिँदा स्थानीय आक्रोशित बनेका छन् । १२ जना किसानका लागि २२ लाख रुपैयाँको सोलार प्यानल अनुदान प्राप्त भएको भण्डारीले जनाए ।

तर, कर दर न्यूनतम रहेको नगरप्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए । उनले ‘निर्देशिकामै साउनदेखि एकीकृत सम्पति कर सुरु गर्ने उल्लेख भएको बताए । साथै उनले विपक्षीले विरोधका लागि विरोध गरेको मात्र भएको पनि बताए । तेस्रो नगरसभाले साउन १ देखि लागू हुने गरी एकिकृत सम्पति कर सुरु गर्ने निर्णय गरेको छ ।

प्रक्रिया नपु्याई सोलार नगरक्षेत्रमा ल्याउन थालिएकाले सिफारिस नदिइएको रोकायको भनाई छ । ‘व्यक्तिगत रुपमा सिफारिस माग गरिएको छ’,उनले भने,‘वडा तहबाटै सिफारिस भएर आउनुपर्छ । टाठाबाठाले मात्र सिफारिस मागेका छन् ।’ लक्षित वर्गका किसानलाई कुल्चेर टाठाबाठाले सिफारिस माग गरेको समेत उनले आरोप लगाए । नगरवासीको हितका लागि आफू सदैव प्रतिवद्व रहेको उनले विश्वास दिलाए ।

 जिल्लाका सवै स्थानीय तहले नयाँ आर्थिक वर्षदेखि एकिकृत सम्पती कर लागू गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.