कक्षा ११ मा पुरानै पाठ्यक्रम
![कक्षा ११ मा पुरानै पाठ्यक्रम](https://annapurnapost.prixacdn.net/media/albums/20180426235646_exam-board_9muXOJxX2U.jpg)
काठमाडौं : यस वर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीले पुुरानै पाठ्यक्रमअनुसार अध्ययन गर्ने भएका छन्। शिक्षा मन्त्रालयले विद्यालय तहको नयाँ पाठ्यक्रमको प्रारूप पारित गरे पनि पूर्ण नभएकाले पुरानै पाठ्यक्रमअनुसार अध्यापन गराउने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।
पाठ्यक्रमको प्रारूप पारित भएपछि मन्त्रालय र केन्द्रका अधिकारीले समेत यसै वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने बताएका थिए। यसबाट विद्यार्थी, अभिभावक र स्कुुल सञ्चालक दुुविधामा परेका थिए। अहिले भने केन्द्र पूर्वयोजनाबाट पछि हटेको छ। प्रारूपअनुुसार नयाँ पाठ्यक्रम तयार हुुने क्रममा रहेको र यसबारे विद्यालयहरूसँग पनि प्रतिक्रिया लिनुुपर्ने भएकाले तत्काल नयाँ पाठ्यक्रम लागू गर्न नसकिएको केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिए। उनका अनुुसार नयाँ पाठ्क्रमसम्बन्धमा सुुझाव संकलन गर्न केही विद्यालयमा परीक्षण गरिनेछ।
पाठ्यक्रम परीक्षण गरिने विद्यालयमा पुुरानै पाठ्यक्रमअनुुसार पठनपाठन र वार्षिक परीक्षा सञ्चालन हुने उनले बताए। ‘यो वर्षको पढाइ र वार्षिक परीक्षा पुुरानै पाठ्यक्रमअनुुसार हुुन्छ। यसमा कोही पनि दुुविधामा नपर्न अनुुरोध गर्छुु’, उनले भने। तर अध्यापन सुरु भएपछि नयाँ पाठ्यक्रम स्वीकृत भए कार्यान्वयन गर्ने सम्भावना न्यून रहेको उनले बताए। केन्द्रले अहिले विज्ञमार्फत ३० विषयको पाठ्यक्रम तयार पारिरहेको छ। शिक्षामन्त्री अध्यक्ष रहेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले पारित गरेको प्रारूप शिक्षाविद् र सरोकारवालाको असहमतिले अन्योलमा छ। प्रारूप जेठ १८ गते पारित भएको थियो।
पाठ्यक्रम परीक्षण गरिने विद्यालयमा पुुरानै पाठ्यक्रमअनुुसार पठनपाठन र वार्षिक परीक्षा सञ्चालन हुने।
मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत प्रारूपलाई मन्त्रिपरिषद्बाट पारित गराउने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको योजना पनि शिक्षाविद्को असहमतिका कारण रोकिएको छ। विशेषगरी कक्षा ११ र १२ मा गणित विषय अनिवार्यबाट हटाउने प्रारूपको प्रावधानप्रति विज्ञहरू असहमत छन्।
केन्द्रले गत वर्ष कक्षा १० को पाठ्यक्रम परिमार्जन गरेको थियो। त्यसैअनुसार यस वर्ष कक्षा ११ को पाठ्यक्रम परिमार्जन गर्नुपथ्र्यो। आवश्यक तयारी नगर्दा परिमार्जन र कार्यान्वयन हुन सकेन। प्रारूपअनुसार कक्षा ११ र १२ मा अध्यापन गराइने विषय र त्यसपछि विश्वविद्यालयमा विद्यार्थीले अध्ययन गर्ने विषय मेल नखाएको दाबी गर्दै शिक्षाविद्हरूले असहमति जनाएका छन्। यथास्थितिमै पाठ्यक्रमको प्रारूप पारित गरी कार्यान्वयन गरे कक्षा ११ र १२ पछि विद्यार्थीलाई विश्वविद्यालयमा उच्च शिक्षाको ढोका बन्द हुने चेतावनी उनीहरूले दिएपछि मन्त्रालय अन्योलमा छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)