खोला तर्ने क्रममा बाढीले बगाएर मृत्यु
स्याङ्जा : विरुवा गाँउपालिकाकी १६ वर्षीया अनु थापाको खोला तर्ने क्रममा बगाउँदा मृत्यु भएको छ। विरुवा-८ कुसुण्डे निवासी थापा र उनकी भाउजु नाता पर्ने मनिषा खड्का बयरघारीबाट विरूवातर्फ जानेक्रममा सोमबार राति करिब ८ बजेतिर बान्किखोला तर्दा अनुलाई बाढीले बगाएको थियो।
भीरकोट नगरपालिका-३ स्थित खोलाले बगाएपछि प्रहरी र स्थानीयबासीको पहलमा करिब १ किलोमीटर तल छतीवन खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनकी भाउजु मनिषा खड्का सकुशल रहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
७