खोलाले जीप बगाउँदा तीन जनाको मृत्यु
बझाङ : बुधबार राति खोलाले जीप बगाउँदा तीन जनाको मृत्यु भएको छ। से १ ज ८२० नम्बरको जीप जयपृथ्वी राजमार्गको सुवेडास्थित खोलाले बगाउँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
खोलाले बगाएको जीपभित्र चालकसहित तीन जनाको शव च्यापिएको अवस्थामा उद्धार गरिएको छ। जीप सडकबाट करिब १ सय मिटर तल ढुंगा र बगरले छोपिएको अवस्थामा भेटिएको थियो।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका थिए। जीपका चालक २७ वर्षीय रमेश चन्द, चैनपुरका व्यापारी ३० वर्षीय अम्मर राज वन र रायल चौडाम घरभएका २३ वर्षीय असु ओडको शव जिपबाट उद्धार गरिएको प्रहरीले बताएको छ। बुधबार नै खोलाले बगाएको जीप बुधबार बिहानमात्र स्थानीयले देखेपछि प्रहरीले खबर गरेका थिए।
प्रतिक्रिया दिनुहोस !