अर्काको नाममा ट्रायल दिने पक्राउ

अर्काको नाममा ट्रायल दिने पक्राउ

काठमाडौं : अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने विद्यार्थीलाई विशेष कडाइ गरिएको बताए। उनले नियन्त्रणमा लिएका रायलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमार्फत मुद्दा दायर गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.