सडक बन्द हुँदा तीन जिल्ला ठप्प

सडक बन्द हुँदा तीन जिल्ला ठप्प

गाईघाट : सगरमाथाको प्रवेशद्वारको रूपमा परिचित सिद्धिचरण लोकमार्ग महिना दिनदेखि बन्द हुँदा तीन जिल्लाका सर्वासाधारणले सास्ती खेप्नुपरेको छ।

राजमार्गको कटारी–घुर्मी खण्डमा पर्ने ठाँटी भञ्ज्याङमा मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय लहानले स्थानीय प्रशासनसँग अनुरोध गरेपछि सडक जेठ १३ गतेदेखि ठप्प भएको हो।

मर्मत गर्नुपर्ने भएपछि १ महिनाका लागि बन्द गरिएको सडक अझै सम्पन्न भएको छैन। सिरहाको मिर्चैयादेखि ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग ओखलढुंगा सोलुखम्बु र खोटाङको प्रमुख मार्ग हो। सडक ठप्प भएसँगै सोलुखम्बु, खोटाङ र ओखलढुंगाबासीको दैनिक जीवनयापनमा समेत असहज भएको छ।

तीन जिल्लामा खाद्यान्नदेखि नुनतेललगायत दैनिक उपभोग्य बस्तु ढुवानी हुन सकेको छैन। ठूला तथा साना मालवाहक सवारी साधन सञ्चालन ठप्प हुँदा पहाडी जिल्लाका उपभोग्य वस्तुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ। ठकेदार सुमन्त कोइरालाले भने, ‘सडक खन्न मेसिनहरू पठायांै, काम सम्पन्न नगरी फर्कन पाएनौं, फर्कने बेला सबै बाटो बन्द भए।’ विकास निर्माणका काम सम्पन्न भएपछि मेसिनहरू अलपत्र अवस्थामा रहेको उनको भनाइ छ। तेल नहुँदा निर्माणमा प्रयोग हुने मेसिन चलाउन नसकिएको कोइराला बताउँछन्।

ठाँटीमा भइरहेको आरसीसी ढलान र कालोपत्रे सम्पन्न भइनसकेकाले सडक सुचारु गर्न नसकेको निर्माण पक्षले जनाएको छ। निर्माण सामग्री ल्याउनकै लागि भए पनि सिन्धुली सडक ठूला सवारीका लागि एक पटक खुला गर्नुपर्ने निर्माण पक्षका अधिकारी बताउँछन्।

कालोपत्रेको जिम्वेवारी पाएको अम्बे विल्डर्स काठमाडौंले १ करोड ५ लाखमा साढे ५ मिटर चौडाई र १ हजार २ सय मिटर लम्बाइको जिम्वेवारी लिए पनि अझै योजनाको काम सम्पन्न गरिसकेको छैन। त्यसैगरी साढे ५ मिटर लम्बाइसहित ३ सय मिटर लम्बाइ रहेको आरसीसी ढलानका लागि ९५ लाखमा विकास निर्माण सेवा सिरहाले जिम्मा लिएको सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी इन्जिनियर चित्ररञ्जन रानाले बताए।

‘दुवै ठेकेदारले तीव्र रूपमा काम गरिरहेका छन’, रानाले भने, ‘केही दिन विवाद भएकाले काम रोकिएको थियो, अब खुल्छ।’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले असार १५ गतेदेखि ६ चक्केसम्मका गाडी खुल्ने गरी निर्णय भएको बताए। ‘सुरुसुरुमा गुणस्तरहीन काम गरेको थियो’, उनले भने, ‘पछि हामी सबैले दबाब दिएपछि मात्र गुणस्तरीय काम गर्दा ढिला भयो, ठेकेदारको लापरवाहीका कारण ढिला भएको हो।’

सडक जेठ १३ देखि असार १२ गतेसम्म पूरै राजमार्ग बन्द गर्न भनिएको थियो। मर्मत गर्ने स्थानमा डाइभर्सन निकाल्नसमेत नसकिने भएकाले बाटो बन्द गर्नुपरेको डिभिजन कार्यालयका सूचना अधिकारी रानाले बताए। ‘दुवैतिरको सडक पहिरोले लगेकोले सडक मर्मतका लागि सडक नै बन्द गर्नुपरेको हो।’ उनले भने।

कटारी नगरपालिका ११ र १४ नं वडाको सीमामा ठाँटी भञ्ज्याङमा सवारी सञ्चालन भएको अवस्थामा आरसीसी रिजिड पेभमेन्ट (सिमेन्ट ढलान) गर्न समस्या पर्ने भएकाले राजमार्ग बन्द गर्नुपरेको डिभिजन सडक कार्यालयले जनाएको छ। यता उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष खड्काले भने बाटो अवरुद्धले उदयपुरसँगै पहाडी जिल्लालाई क्षति पुगेको बताए। ‘वर्षाको सिजन सुरु हुन लागेको छ, अहिले नै सोलु, ओखलढुंगा र खोटाङमा खाद्यान्नलगायत उपभोग्य समान ढुवानी गर्नुपर्ने हुन्छ।’ अध्यक्ष खड्काले भने, ‘पहाडका पसलमा समान मौज्दात राख्नुपर्ने बेलामा बाटो बन्द हुनु व्यापारीको लागि शुभ संकेत होइन।’

पहाडी जिल्लालाई तराइसँग जोड्ने एक मात्र सडक भए पनि यसको समयमै मर्मत र निर्माणमा सडक विभागले ध्यान नदिँदा सवारीसाधन सञ्चालन तथा दैनिक उपभोग्य वस्तु दुवानीमा समस्या उत्पन्न भएको हिमाली यातायात व्यवसायी संघका उपमहासचिव सत्रुधन कार्की बताउँछन्। एक महिना राजमार्ग बन्द गर्दा यातायात व्यावसायी मारमा पर्ने कार्कीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.