सुन तस्करी र हत्या प्रकरणः थुनछेक बहस सुरू

सुन तस्करी र हत्या प्रकरणः थुनछेक बहस सुरू

विराटनगर : ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्दाको उच्च अदालत विराटनगरमा बिहीबारबाट थुनछेक बहस सुरु हुँदै छ।

पुर्पक्षका लागि थुनामा रहेका प्रहरी अधिकारीसहित पाँच जना प्रतिवादीका सम्बन्धमा बहस हुने भएको हो। जिल्ला अदालत मोरङले दिएको आदेशविरुद्ध बुधबारसम्ममा प्रहरी अधिकारीसहित १६ जनाले साधारण तारेखमा छाडिनुपर्ने माग गर्दै अदालती बन्दोबस्तीको १७ नंको निवेदन दर्ता गराएका छन्। उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार बुधबारसम्ममा निवेदन दर्ता गराएकामध्ये पाँच जनाको मात्रै जिल्ला अदालत मोरङबाट कैफियत प्रतिवेदन आएकाले उनीहरूको हकमा बिहीबारबाट बहस सुरु हुनेछ।

थुनामा रहेका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयबहादुर राउत र व्यापारी हेमन्त गौतमको हकमा थुनछेक बहस सुरु हुने जानकारी रेग्मीले दिए। १७ नं गर्नेमध्ये पाँच जनाको अदालतले दिएको आदेश, अभियुक्तले अदालतमा दिएको बयान, अभियोगपत्र, घटना विवरण, मुचुल्कामा उल्लेखित गरिएका मानिससहितको कैफियत प्रतिवेदन उच्च अदालतमा आइसकेकोले रेग्मीले बताए। उनले बिहीबार दिउँसो १ बजेबाट थुनछेक बहस सुरु हुने जनाए।

‘१७ नं निवेदन दर्ता गर्ने अन्य प्रतिवादीको पनि कैफियत प्रतिवेदन मागिएको छ’, उनले भने, ‘उनीहरू सबैको प्रतिवेदन आइसकेपछि पेसी चढाएर बहस सुरु हुनेछ।’ बुधबार मात्रै उच्च अदालतमा प्रतिवादीहरू दोराम खत्री, गोपालकुमार श्रेष्ठ, माधव भन्ने मदनप्रसाद घिमिरेले आफ्ना कानुन व्यवसायीमार्फत १७ नंको निवेदन दर्ता गराएका छन्। यसअघि पूर्वडीआईजी निरौला, निलम्बित एसएसपी लोहनी, एसपी खनाल, डीएसपी राउत, डीएसपी प्रजित केसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा तामाङ, सम्बीरप्रसाद तोलाङ्गे, राजन थापा, एलबी भनिने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, सुनका लगानीकर्ता भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र टेकराज मल्ल ठकुरीले १७ नंको निवेदन उच्च अदालतमा दर्ता गराएका थिए।

बहस हुने बेञ्चको टुंगो पनि बिहीबार नै लाग्ने छ। उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता चिरञ्जिवी पराजुलीले वादी नेपाल सरकारका तर्फबाट बहस गर्नेछन्। प्रतिवादीहरूको प्रतिरक्षामा पहिले नै जिल्ला अदालत मोरङमा यही मुद्दाको बहस गरिसकेका कानुन व्यवसायी उभिनेछन्। वादी र प्रतिवादीका कानुन व्यवसायीहरूको बहस सकिएपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरेर प्रमाणको मूल्यांकन गर्दा प्रतिवादी कसुरदार नदेखिए साधारण तारेखमा वा धरौटीमा छाड्ने अथवा जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गर्न सक्ने अधिवक्ता विकास थापाले जानकारी दिए।

मोरङ अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुुद्दामा पक्राउ परेका ३० प्रतिवादी मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। एक जना धरौटी र अर्का एक जना साधारण तारेखमा छुटेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.