सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीको सी ग्रेड मात्रै

सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीको सी ग्रेड मात्रै

 बुटवल : रुपन्देहीका सामुदायिक विद्यालयको नतिजामा तुलनात्मक सुधार आउने सकेन्। एसईईको पछिल्लो नतिजाले सामुदायिक विद्यालयको स्तर पहिलेकै शैलीमा देखिएको हो। अधिकांश विद्यार्थीका सी ग्रेड अंक आउनुले शैक्षिक सुधारको काम फलदायी नभएको पुष्टि भएको छ।

 बुटवलका कालिका मावि, कान्ति मावि, र नविन औद्योगिक कदरबहादुर माविले स्तर सुधार गरेर विद्यार्थी आकर्षित गर्न थाले पछि जिल्लाका अन्य सामुदायीक विद्यालयमा पनि त्यसको सञ्चार हुने अपेक्षा थियो। तर यी सिमित विद्यालय बाहेक अन्य धेरै सामुदायीक विद्यालयको ०७४ सालको एसइइ परिक्षामा पनि आश लाग्दो नतिजा देखीएको छैन।

नगरभित्रका तीन वटा विद्यालयले राम्रो नतिजा ल्याएपनि अरु विद्यालयको अवस्था स्तरीय छैन। धेरै सामुदायीक विद्यालयका विद्यार्थी सी ग्रेड भनिने १.६५ जिपीए २.०० जिपीएसम्म ल्याएका छन्। त्यसपछि सी प्लस भनिने २.०५ देखी २.४० सम्मका छन्। बुटवल शुख्खानगरमा रहेको सिद्देश्वर लालकुमारी माविमा यस वर्ष ६३ जनाले माध्यमिक शिक्षा परिक्षा एसइइ दिएका थिए। त्यसमध्ये बी प्लस ल्याएका ५ जना मात्र रहेका छन्। २५ जनाले बी र ३ जनाले सी प्लस र ३३ जनाको सी ग्रेड मात्र ल्याएका छन्। बुटवलकै पुराने बुटवल माविमा यस वर्ष ४० जनाले एसइइ परिक्षा दिएका थिए। त्यसमध्ये ए मा १ जना, बी प्लसमा ३ जना बी मा ४ सी प्लसमा १८ जना र सीमा ११ जना रहेका छन्।

यसै शैक्षिक सत्रको सुरुवातसँगै कालिकासँग मर्ज भएको मानवज्ञान माविमा २० जनाले एसइइ परिक्षा दिएका थिए। जसमा ५ जनाको बी र ११ जना सी प्लस र ४ जना सी ग्रेड ल्याएका छन्। कालीका र मानवज्ञान एक आपसमा मर्ज भएर हालै कालिका मानवज्ञान मावि भएका हुन्। बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले सामुदायीक विद्यालयमा बी ग्रेडका विद्यार्थी बढी देखिएको बताए।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शान्ति नमुना मावि बाहेक अन्य सामुदायीक विद्यालयको नतिजा औसत रहने गरेको छ। ‘हाम्रोमा ए र ए प्लस ल्याउने विद्यार्थीको अवस्था राम्रो छ,’ शान्ति नमुनाका प्रअ कुलप्रसाद लामीछानेले भने ‘तिलोत्तमाका अन्य एक दुई वटा विद्यालयमा बी ग्रेड ल्याउने बढी छन् भने बाँकीमा सी र त्यो भन्दा पनि कम ग्रेड ल्याएका छन्।’ रुपन्देहीको सियारी गाउँपालिकामा सामुदायीक विद्यालय तर्फ एसइइ परिक्षामा ३ जनाले मात्र ए प्लस ल्याएका छन्। सियारीमा ८ वटा सामुदायीक विद्यालय छ। ‘सामुदायीकका विद्यार्थी मध्ये धेरैको सी आएको छ। त्यसपछि सी प्लस रहेका छन्,’ सियारीका शिक्षा शाखा प्रमुख सुधिर पौडेलले भने।

राज्यले शिक्षा क्षेत्रमा ठूलो रकम छुट्याउने गरेपनि सामुदायीक विद्यालयको क्षेत्रमा उपलब्धी हुन सकेको छैन। स्थानिय तहमा जनप्रतिनिधि आएको एक वर्ष पुरा भइसकेको छ। सबै स्थानिय तहले शिक्षा सुधार र संरचना निर्माण गर्न भन्दै आवश्यक बजेट पनि विनियोजन गरेका छन्। बुटवल उपमहानगरपालिकाले २५ करोड ४९ लाख ७० हजार रुपैया विनियोजन गरेको छ। तिलोत्तमाले २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरिएको छ। सियारी गाउँपालिकाले २ करोड रुपैया विनियोजन गरेको छ।

स्थानिय तहका जनप्रतिनिधिले बजेट छुट्याएर काम थाले पनि सामुदायीक विद्यालयलाई संस्थागत विद्यालयसँग प्रतिस्प्रर्धा गराउन केही समय लाग्ने जनप्रतिनिधिहरुले बताउने गरेका छन्। तिलोत्तमा नगरपालिकामा ३ वर्ष मा सामुदायिक र संस्थागत विद्यालयको स्तर एउटै बनाउने नगरप्रमुख बाशुदेब घिमिरेले बताए। रुपन्देहीमा छ जनाले जिपिए चार ल्याएका छन्। ती सबै निजी विद्यालयका हुन। न्यू होराइजनबाट चार, स्कलर्स र तिनाउ स्कुलका एक एक जनाले चार जिपिए ल्याएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.