स्कुटरमा सेलिब्रेटी सरर ...

स्कुटरमा सेलिब्रेटी सरर ...

काठमाडौं : सेलिब्रेटी आम मानिसको आकर्षणको केन्द्रमा पर्ने गर्छन्। उनीहरूका हरेक गतिविधिलाई पनि समाजले कुनै न कुनै प्रकारले नियालिरहेको हुन्छ। आम मानिसमा सेलिब्रेटीहरू बारेमा धेरै प्रकारको जिग्यासा रहने गर्छ। धेरैले त सेलिब्रेटी भन्नेबित्तिकै आममानिसभन्दा भिन्न हुने ठान्छन्। समाजले पनि सेलिब्रेटीलाई विशेष दर्जाको नागरिकको रूपमा व्यवहार गर्छ। त्यसैले स्टारडम भएका व्यक्ति आममानिसको चाहना पूर्ति गर्नुपर्ने वाध्यतामा हुन्छन्। दर्शक, श्रोताले सेलिब्रेटीको जीवन सामान्य मासिनकोभन्दा फरक प्रकृतिको हुने अनुमान लगाउँछन्। नेपालका सेलिब्रेटीहरू दर्शकको चाहना अनुरूपको स्टारडम शैलीले छोप्न सकेको छैनन्। सेलिब्रेटीहरू आममानिसजस्तै हुने र उनीहरू बीचमा खासै फरक नहुने छक्का पञ्जाकी नायिका वर्षा राउत बताउँछिन्। राउतको भनाइलाई आधार मान्दा नेपाली सेलिब्रेटीको आयस्थर दर्शकको अपेक्षा पूर्ति गर्ने किसिमको छैन।

नेपालमा भारतीय च्यानल र मिडियाको गहिरो प्रभाव छ। ती मिडियाहरूले भारतीय सेलिब्रेटीलाई आममानिसभन्दा उच्चकोटीको जीवन व्यतित गर्ने किसिमले प्रस्तुत गर्ने गरेका छन्। नेपाली श्रोताहरूले पनि आफ्ना सेलिब्रेटी पनि उनीहरू जस्तै हुने आकलन गर्छन्। नेपालको तुलनामा भातरको बजार हिस्सा बृहत् भएकाले आम्दानीको मामलामा नेपाली कलाकार धेरै पछि छन्। चाहेर पनि नेपाली कलाकारले आफ्नो आयस्रोतबाट स्टारडमको उचाईमा धेरै समयसम्म रहन सक्दैनन्। सेलिब्रेटीहरूले चढ्ने सवारीसाधन पनि आम मानिसको जस्तै हुने गरेको छ। नेपालीबीच प्रिय सवारीको रूपमा प्ररिचित स्कुटरकै सवारीमा सेलिब्रेटीहरू रमाउने गरेका छन्।

मूलधारका अभिनयभन्दा फरक शैलीको अभिनयमा रमाउने दिया मास्के स्कुटर सवारीमै रमाउँछिन्। उनी एक महिनदेखि यामाहा रे जेटआर स्कुटर चलाउँदै आएकी छिन्। उनको दुईपांग्रे सवारीप्रतिको मोह भने मोटरसाइकबाट सुरु भएको थियो। स्कुले जीवनमै मोटरसाइकल चलाउन सिकेको उनले बताइन्। ‘घरमा बुवाको राजदूत मोटरसाइकल थियो। मोटरसाइकलको आवाज र बुवाको चलाउने स्टाइलले मोहित हुन्थे’, उनले भनिन्, ‘जिद्दी गरेर बुवालाई मोटरसाइकल सिकाउन बाध्य बनाए। स्कुले समयमै मोटरसाइकल सिकेकाले घरायसी सामान किन्न मोटरसाइल प्रयोग गर्थे।’

सुनगाभाकी नायिका स्कुटरको सोखिन छिन्। उनले रेजेडआर अघि स्विफ्ट, प्लेजर र रेजेड स्कुटर चढिसकेकी छिन्। नेपालमा हुने वारम्बार पेट्रोलियम पर्दाथको अभावका कारण एक रात उनले खुवै सास्थी खेप्नु परेको थियो। पार्टीबाट घर फर्किने समयमा बल्खुस्थित धोवी खोलाको किनारमा रातको समयमा उनको पेट्रोल सकिए दुःख पाइएकोे अनुभव पनि उनीसँग छ। ‘त्यसताका काठमाडौंमा पेट्रोलिय पदार्थको चरम अभाव थियो। पार्टीमा जानुअघि महँगो पैसा तिरेर एक बोतलको पेट्रोल भरेको थिए’, उनले दुखेसो पोखिन्, ‘घर पुग्नुअघि नै धोवी खोला किनारमा स्कुटरको पेट्रोल सकियो। रातको समय भएकाले डर मान्दै एक जनासँग लिफ्ट मागे। उहाँले सकुसल घर पु¥याइ दिनु भयो।’ त्यस घटनापछि उनले सधैं आवश्यक पेट्रोल छ÷छैन भनेर मात्र स्कुटर चलाउने गरेको बताउँछिन्। ड्राइभिङ क्षमतामा पूर्णरूपमा आत्मविश्वास भएकाले पनि हेप्नेहरू प्रति चासो राख्ने गरेकी छैनन्। सानै उमेरदेखि दुईपाङ्ग्रे सवारी चलाउन खप्पिस भएकीले पनि उनले अरुले कसरी चलाएका छन् भने मतलब दिने नगरेको बताउँछिन्।

सडकमा दुर्घटना परियो भने सहयोगी हातभन्दा पनि रमाइलो हेर्नेको भिड जम्मा हुने नायिका वर्षा राउतलाई राम्रोसँग थाहा छ। नायिका राउतको स्कुटर पुतलीसडक पार गर्ने क्रममा पल्टिदा अघि रहेका ट्राफिकसमेत सहयोगका लागि नआएको घटना दिमागमा ताजै रहेको बताउँछिन्। अहिले उनी सुरक्षित र ट्राफिक लेनमा सवारी चलाउने गर्ने गरेकी छिन्। कक्षा १२ को अध्ययन पश्चात खरिद गरेको रातो रंगको डिओ स्कुटर छ, राउतसँग। ‘लामो यात्रा र सुटिङका लागि स्कुटर प्रयोग गर्दिन। घरायसी काम र साथीहरू घुम्म निस्किदामात्रै स्कुटर प्रयोग गर्छु’, उनी थप्छिन्, ‘नेपालमा कलाकारितामा लागेर कार किन्न सकिने अवस्था छैन। त्यसैले स्कुटरलाई सवारीको रूपमा प्रयोग गर्ने गरेको छु।’

छोटो यात्राका लागि मात्रै स्कुटर प्रयोग गर्ने भएकाले प्रशंसकको नजरमा उनी विरलै पर्ने गरेकी छिन्। माक्स र हेलमेटले पनि उनलाई फ्यानको आँखाबाट जोगाउने गरेको छ। ‘कहिले काँही माक्स नलगाएर ड्राइभिङ गरेको समय चिनेर वर्षा राउत भन्छन्’, उनले भनिन्। उनलाई चिन्ने व्यक्ति निराश हुने गरेका छैनन्। त्यसका लागि उनले आफ्नो सबैभन्दा शक्तिशाली हतियार मुस्कान दिन्छिन्। यस्तै व्यक्तित्वका कारण राउत दर्शकमाझ प्रिय छिन्।

गायिका ज्योति मगरको फिगरले नै काफी छ, दर्शकको नजरमा पर्न। भड्किलो गित र डान्सका कारण चर्चित छिन्, मगर। फिगरकै कारण ड्राइभिङ गर्दा दर्शकले चिन्ने गरेको उनी बताउँछिन्। उनलाई चिनेपछि नजिस्काउने दर्शक विरलै भेटिन्छन्। उनका थुप्रै क्रेजी फ्यान छन्, उनी भने महिन्द्रा स्कुटरको दिवानी छिन्। उनले स्कुटरमा हुइँकिन थालेको पाँच वर्ष बितिसकेको छ। त्यसबीच उनले दुईवटा स्कुटर चढिसकेकी छिन्। त्यो दुवै स्कुटर महिन्दा कम्पनीको रोडिओ आरजेड र फ्लाइट हुन्। एक वर्षदेखि उनी रोडिओ आरजेड चढ्दै आएकी छिन्। त्यसअघि चार वर्षसम्म फ्लाइटमा सवारी गरिन्।

सार्वजनिक यातायातको उकुसमुकुस सवारीबाट स्कुटरले उनलाई राहात दिएको छ। तर फ्यानबाट भने निकै झन्झट व्यहोर्ने गरेकी छिन्। ‘बाटोमा चिन्ने व्यक्तिहरू ज्योति÷ज्योति भन्दै कराउँछन्, कोही त पछि लागेरै हैरान पार्छन्’, उनले भनिन्। फ्यानले जिस्काएर दुःख दिने गरे पनि समयमै ठाउँमा पुग्नका लागि स्कुटरले मद्दत गरेको उनले बताइन्। सन् २०११ मा स्कुटर दूर्घटनामा पर्दा उनका पाँच वटा करङ भाचिएको थियो। ‘त्यो दूर्घटना माइतघर मण्डलाअघि भएको थियो, दूर्घटनाका कारण ६ महिनासम्म बेड रेस्ट र ढेड वर्षसम्म डाक्टरको निगारीमा बस्नु परेको थियो’, उनी बताउँछिन्, ‘अरुले चलाएको देखेर रहरले किनेको स्कुटरमा पहिला पनि उनी धेरै पटक लडेकी थिइन्। त्यो दूर्घटना अहिले पनि आँखामा झलझलि याद आउँछ।’

सुरक्षा पन्थको परिचय नायिकामा मात्रै सीमित छैन। टेलिभिजन प्रस्तोता, कवि, स्केच कलाकार, इन्जिनियर पनि हुन्। कलाकार हुनुका बाबजुत स्कुटर चलाएर हिड्दा कुनै हिनता बोध नहुने बहुप्रतिभाकी धनी सुरक्षा पन्थ बताउँछिन्। ‘कलाकारिता गर्ने मान्छेको जीवन हाइप्रोफाइलको हुनुपर्छ भन्ने मानसिकताबाट बाहिर जानु आवश्यक छ। सेलिब्रेटी पनि आम मानिससँग घुलमिल हुनुपर्छ,’ उनले भनिन्, ‘सेलिब्रेटी पनि यही समाजमै हुर्किएका हुन्। उनीहरूले आममानिस जस्तै काम गर्न पाउनु पर्छ।’

उनले सात वर्षअघि नै बाइक र कारको लाइसेन्स निकालेकी थिइन्। घर बुटवलमा भएकाले बच्चैदेखि उनलाई साइकल चलाउने बानी थियो। बाइक सिक्न गाह्रो नपरेको बताउँछिन् र त्यसले कार चलाउन सक्छुभन्ने आत्मविश्वास बढेको उनले बताइन्। आत्मनिर्भरतामा विश्वास गर्ने भएकीले उनले दुई वर्षअघि मात्रै डिओको स्कुटर किनेर चडिरहेकी छिन्। आफन्त र साथीहरूको डिओकै स्कुटर समय समयमा चलाउने गर्ने गरेकी थिइन्। नयाँ स्कुटर किनेको एक हप्तामै उनी दूर्घटनामा परेकी थिइन्। उनले भनिन्, ‘वर्षातको मौसमले सडकभर पानी भरिएको थियो, स्कुटर खाल्टोमा परेर लडियो।’ उनको शरीरमा समान्य चोटपटक र स्कुटरको भाइजर फुटेको थियो। लडेको स्कुटरले पछाडिबाट आएको कारलाई दरखराउन पुग्यो। ‘उनीहरूको कार नयाँ थियो। कारको क्षतिपूर्ति चाहिन्छ भन्दै झगडा गर्न थाले’ उनले पिडा सुनाइन्, ‘कार धनीको साथीले लडेर घाइते मान्छेसँग क्षतिपूर्ति माग्नु हुँदैन भनेर सम्झायो। गाडी धनी एक छिन त्यसैमा अडिक रहे पनि पछि शान्त भएर गए।’ उनलाई स्कुटरमा यात्रा गर्दै सडकमा हुने गतिविधि नियाल्दा आनन्द मिल्ने बताइन्। काठमाडौंका सडकमा ७६ जिल्लाका मानिस भेटिन्छन्। ‘उनीहरूको भेषभूषा, बोलीचाली, हाउभाउ हेर्दै दुःख कष्ट भुलाउन सहज हुने गरेको छ’, उनले बताइन्।

मेलिना राई स्कुटरचलाउँदा मोबाइल फोनको प्रयोग गर्दिनन्। उनले सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दा भएको दूर्घटनापछि उनको यस्तो बानी विकास भएको हो। उनलाई म्युजिक भिडियोको सुटिङलगत्तै संखुवासभाको कन्सर्ट भ्याउनु पर्ने थियो। ‘सुटिङका लागि चोभार जाँदै थिए। कन्सर्टका लागि फोन आयो’ उनले भनिन्, ‘दाहिने हातले एक्सिलेटर र देब्रे हातमा फोनमा थियो। स्कुटरको गति तीव्र भएकाले अगाडिको मोटरसाइकलसँग ठोकिन्न पुगेँ।’ त्यो दूर्घटनाका कारण उनी संखुवासभाको कार्यक्रमा जान असमर्थक भइन्। त्यही घटनाबाट उनी सवारी चलाउँदा फोन नउठाउने गरेको र अरुलाई पनि त्यसै गर्न सल्लाह दिने गर्छिन्। उनी डिओको स्कुटर चलाउँछिन्। डिओको स्कुटरले उनको उचाइ सुहाउँदो भएकाले प्रयोग गरेको बताउँछिन्। उनले तीनवटा स्कुटर किनेर चढेकी छिन्, ती सबै डिओ हुनुका साथै पहिलो पटक डिओकै ह्यान्डिलमा उनको हातले छोएको थियो। उनले बेस्ट फ्रेन्ड दिया लामाको स्कुटरबाट दुई घण्टामै चलाउन सिकेको बताउँछिन्। कुटुमा कुटु बोलको गायिका दर्शकको नजरबाट जोगिन निकै सिपालु छिन्। त्यसका लागि उनी माक्स, स्कार्फमाथि चस्मा र अनुहार ढाक्ने हेलमेट प्रयोग गर्छिन्। समयमै गन्तव्यमा पुग्न उनलाई स्कुटरले सहजीकरण गरेको छ। तर काठमाडौंको धुलो, धुँवाबाट भने उनी आजित भएको बताउँछिन्। त्यसबाट बच्नका लागि कर किन्ने योजना बुनिरहेको उनको भनाइ छ।

आँचल शर्मा एक वर्षदेखि एभिएटरको स्कुटर चलाइरहेकी छिन्। साइकल पनि चलाउन नजानेको बताउने शर्मा स्कुटर ड्राइभिङमा कच्चा नै छिन्। ‘साँझ र विहान सडक खुला भएको समयमा स्कुटर चलाउने गरेको छु। एक्लै चलाउने आत्मविश्वास नभएकाले पछाडि साथी राखेर मात्र चलाउने गरेको छु’, उनले भनिन्। सवारी चलाउँदा नलडी चलाउन सकिँदैन भन्ने भ्रम नेपालीमाझ छ। नायिकामा पनि त्यस्तै भ्रम छ। उनी भन्छिन्, ‘म अहिलेसम्म स्कुटर चलाउँदा लडेको छैन, त्यसैले आत्मविश्वासका साथ चलान नसकेको होला ? ’ मानिसको आवतजावत कम हुने समयका स्कुटर चलाउने भएकाले उनलाई दर्शकले नोटिस गर्ने अवसर पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.