स्कुल बन्द गरेर शिक्षक तालिममा

स्कुल बन्द गरेर शिक्षक तालिममा

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिका वाड नम्वर ६ मा रहेको शिबादह माध्यमिक विद्यालयका शिक्षकहरुले तालिममा जान भन्दै विद्यालयनै बन्द गरेका छन । शितगंगा नगरपालिका वाड नम्वर ६ मा रहेको शिबादह माविको १ देखि ५ सम्मका सबै कक्षा बन्द गरेर शिक्षकहरु नगरपालिकाको तालिममा ठाडा गएका हुन । विद्यार्थी पढाउन भन्दै जागिर खाएका शिक्षकहरु विद्यार्थीको पढाइनै बन्द गरेर तालिममा जानुले सरकारी विद्यालयका शिक्षकहरुको लार्पबाही प्रस्ट भएको छ ।

नगरपालिकाको शिक्षा शाखाले अंग्रेजी माध्यममा पढाउने नमुना विद्यालयका अंग्रेजी, गणित र विज्ञान विषयका प्राथमिक तहका शिक्षकको लागि आयोजना गरेको तालिममा सहभागी हुनकालागि भन्दै तीन जना शिक्षक गएपछि कक्षा १ देखि ५ सम्मको पढाइ बन्द गरिएको हो । विद्यालयमा पढ्न भन्दै घण्टौ पैदल हिडेर आएका विद्यार्थीहरु साढे १० बजे नै विद्यालबाट घर फर्किएको देखेपछि विद्यालय बन्द रहेको खुलेको हो । शिक्षकहरु तालिममा जान परेकोले १ देखि ५ सम्मका विद्यार्थीलाइ छुट्टि दिइएको थियो ।

विद्यालयमा ६ देखि १० सम्मका कक्षामा भने पढाइ भएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक नारायण आचार्यले नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको तालिलमा तीन जना शिक्षकलाइ पठाउन परेपछि विद्यार्थीलाइ घरमा पठाएको बताए । विदाका लागि ब्यबस्थापन समितिले निर्णय नगरेको विद्यालय ब्यबस्थापन समितका अध्यक्ष सागर परियाले बताए । १२ जना शिक्षकहरु रहेको विद्यालयमा ३ जना शिक्षक विदामा बसेका छन । ३ जना शिक्षक तालिममा गएका छन ।

शिक्षहरुलाई तालिलममा बोलाउन विद्यालय बन्द गर्ने निर्देशन नदिएको शितगंगा नगरपालिकाका शिक्षा प्रमुख माधव प्रसाद बन्जाडेले बताए । उनले भने –‘तालिममा शिक्षकहरु आएपनि अन्य शिक्षकले विद्यालय सञ्चालन गर्नुपर्छ । विद्यालय बन्द भन्दै विद्यार्थी फर्काउनेलाई ििनयमानुसार कारबाही हुन्छ ।’

एउटै कोठामा तीन वटा कक्षा

शितगंगा नगरपालिका वाड नम्वर ७ मा रहेको वालकल्याण आधारभुत विद्यालयमा कक्षा १ देखि ३ र ६ तथा ८ कक्षा एउटै कोठामा चल्ने गरेको छ । शिक्षक अभाव भएपछि एउटै कक्षामा पढाउने गरिएको हो । ६ जना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा बुधबार २ जना शिक्षक मात्र रहेका थिए । अन्य चार शिक्षक विदामा रहेको प्रधनाध्यापक जीवन आलोक सारुले बताए । शिक्षकहरु नभएपछि २ जनाले पालैपाोे गरि एउटै कक्षामा राखेर पढाउन परेको उनले बताए ।

अर्घाखाचीका धेरै विद्यालयमा शिक्षकहरु विदामा बसेर एकाध शिक्षकले कक्षा चलाउने गरिएको छ । अभिभावकले चासो नदिनृे तथा अनुगमन प्रभावकारी नहुदा पठनपाठनमा लार्पबाही हुने गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.