महिला खेलाडीलाई खोइ अवसर ?

महिला खेलाडीलाई खोइ अवसर ?

गाउँघर, सहर, बजार जताततै अहिले वल्र्डकपको चर्चाले छोएको छ । घरको किचनदेखि बेडरुमसम्म, सडकदेखि अफिस कार्यालयसम्म प्रत्येक मान्छे आफूले समर्थन गर्ने टोलीको चर्चामै व्यस्त छ ।

पुरुष खेलाडीको जस्तै महिला खेलाडीको पनि वल्र्डकप हरेक चारचार वर्षमा हुन्छ तर उत्ति चर्चा हुन्न । हरेक खेलमा पुरुषको नै वर्चस्व देखिन्छ । पत्रपत्रिका, मिडिया तथा हरेक व्यापारिक समूहले पनि पुरुष खेलाडीको प्रतियोगितालाई बढी हाइलाइट गर्ने गरेको देखिन्छ । यसरी, खेलमा पुरुषकै हकदाबी छ भन्न सकिन्छ ।

विश्वमा पुरुषहरूको वल्र्डकप सन् १९३० बाट नै सुरु भएको थियो । त्यसको ६१ वर्षपछि मात्र सन् १९९१ मा पहिलोपटक चीनमा फिफा वुमन्स वल्र्ड च्याम्पियनसिप नाम दिएर महिला फुटबलको वल्र्डकप सुरु भएको थियो । अहिलेसम्म सात पटक महिलार्का वल्र्डकप भइसकेको छ । आठौं प्रतियोगिता सन् २०१९ मा फ्रान्समा हुने घोषणा गरिएको छ । जुन ७ देखि जुलाई ७ सम्म सञ्चालन हुने यो महिला वल्र्डकपमा २४ देशको टिमबीच प्रतिस्पर्धा हुनेछ ।

महिलाको वल्र्डकप हालसम्म तीन पटक अमेरिकी महिला टोलीले, दुई पटक जर्मनीले, एक÷एक पटक नर्वे र जापानको महिला टोलीले विश्वकपको उपाधिको उचालेका छन् ।नेपालको राष्ट्रिय टोलीमा रही गेम खेल्दै आएका महिला खेलाडीहरूले वल्र्डकपलाई कसरी हेरेका छन् त ? उनीहरूलाई वल्र्डकपले कति प्रभाव पारेको छ त ?

चाडपर्व आएजस्तो

महिला फुटबल राष्ट्रिय टोलीको स्ट्राइकरसमेत बनेकी सावित्रा भण्डारीलाई वल्र्डकपको समय कुनै विशेष चाडपर्व आएजस्तो लाग्छ । उनले अहिलेको यो वल्र्डकपका सबैजसो खेल हेर्ने योजना बनाएकी छन् । पुरानो र राम्रो टिमको नतिजा खस्कँदो, नयाँ देश र टिमले राम्रो प्रदर्शन गरिरहेको उनको ठम्याइँ छ ।

सावित्रा ब्राजिलको समर्थक हुन् भने खेलाडीमा पोर्चुगलको रोनाल्डोको खेल्ने तरिकाको उनी फ्यान हुन् । भन्छिन्, ‘ब्राजिल दक्ष खेलाडी उत्पादन गर्ने थलो पनि हो । यसले पाँच पटक वल्र्डकप पनि जितिसकेको छ । ब्राजिलसँग राम्रा खेलाडीको टिम पनि छ । सबैले राम्रो खेल्छन् ।’ रोनाल्डोपछि उनलाई मनपर्ने खेलाडी ब्राजिलकै नेयमार लाग्छ । महिला फुटबल खेलाडीमा भने उनलाई अमेरिकी कार्लिलियोको स्टन्ट मन पर्छ ।

 पुरुष खेलाडीको जस्तै महिला खेलाडीको पनि वल्र्डकप हरेक चार चार वर्षमा हुन्छ । तर, उत्ति चर्चा हुन्न । हरेक खेलमा पुरुषको नै वर्चस्व देखिन्छ ।

अहिलेका नयाँ खेलाडी र देशले राम्रो प्रस्तुति गरिरहेकाले विश्वकप हेर्दा बेग्लै खालको आनन्द आइरहेको अर्की फुटबलर अनु लामालाई बताउँछिन् । अर्जेन्टिनाको समर्थक उनलाई मेस्सी मन पर्ने खेलाडी हुन् । मेस्सीको पावर पनि राम्रो भएको र अहिलेसम्म उनले गरेको गोलको स्कोर पनि अब्बल रहेकोले मन पराउने तर्क राख्छिन् । यसपालिको वल्र्डकपमा अर्जेन्टिनाको टिमवर्क राम्रो नभएकाले मेस्सीलाई गोेल गर्न अप्ठ्यारो परेको उनको बुझाइ छ ।

महिला राष्ट्रिय टोलीको किपर भएर ६ वर्षदेखि फुटबल खेलिरहेकी पाँचथरकी एन्जिला तुम्बाको यो पटकको वल्र्डकप ब्राजिलले जित्छ भन्ने विश्वास गर्छिन् । उनलाई ब्राजिलको टिमवर्क राम्रो लाग्ने हुँदा ब्राजिलको समर्थक हुन् । खेल जित्न टिमका सबै सदस्यबीचको सहकार्य अब्बल हुनुपर्ने उनको तर्क छ । व्यक्तिगत रूपमा एन्जिला रोनाल्डोको व्यक्तित्वको फ्यान हुन् । रोनाल्डोको खेल्ने तरिका, पेनाल्टी, सबै उनलाई मन पर्छ ।

अघिल्लो पटकको भन्दा यस पटकको वल्र्डकप एन्जिलालाई रोचक लागिरहेको छ । उनले सबैजसो गेम हेर्ने गरेकी छिन् । नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै फुटबल खेल्न इन्डिया, मलेसिया, पाकिस्तान र हङकङसमेत पुगिसकेकी उनी अरूले खेलेको हेरेर पनि धेरै कुरा सिक्न सकिने जनाउँछिन् ।

नेपालमा महिला फुटबल

महिला राष्ट्रिय टोलीमा बसेर चीन, बंगलादेश, कतार, कुवेत र भारतका धेरैजसो सहरमा फुटबल खेल्न पुगिसकेकी अनु लामा नेपालमा महिला खेलाडीलाई अवसर कम भएको बताउँछिन्।

पुरुष खेलाडीको जस्तै महिला खेलाडीको वल्र्डकपमा चर्चा कम हुनुमा आयोजक संस्था फिफाको पनि मुख्य कमजोरी हो भन्ने सावित्राले बुझेकी छन् । प्रचारप्रसार र लगानी पनि कम गरिने र तुलनात्मक रूपमा सेवासुविधा पनि कम रहेको उनको दाबी छ ।

फुटबल मात्र नभएर हरेकजसो खेलमा आयोजकहरूले महिला र पुरुषमा फरक छुट्याउँछन् भन्छिन् अनु लामा पनि । उनी अगाडि थप्छिन्, ‘खेलमा त पुरुषकै वर्चस्व छ । आयोजकले नै महिलालाई पपुलर बनाउन नखोजेको जस्तो लाग्छ ।’

नेपालमा पनि प्रायः सबैजसो खेलमा उचित तरिकाले विकास हुन सकेको छैन । नेपालमा महिला फुटबलको प्रतियोगिता हुनै गाह्रो भएको बताउने सावित्रा महिला खेलाडीको भविष्य नै देख्दिनन् । उनी भन्छिन्, ‘खेलमा रुचि भएकालाई पनि घर परिवारबाट साथ पाउन गाह्रो छ । जसोतसो राष्ट्रिय टिममा पुग्यो, त्यहाँ पनि अवसरै पाउन गाह्रो छ ।’ नेपालमा महिलाको खेल नै अत्यन्तै कम हुन्छ । वर्षमा एकपटक हुने प्रधानसेनापति कप फुटबल र एन्फाले सञ्चालन गर्ने लिगमै महिला फुटबलर सीमित हुनु परेको उनले गुनासो गरिन् ।

नेपाली फुटबलमा डेढ दशक बिताएकी अनु लामा महिला खेलाडीहरू आर्मी, एपीएफ र पुलिस क्लबमा मात्रै सीमित हुनु दुर्भाग्य रहेको विचार राख्छिन् । जागिर हुन्जेल आफ्नो क्लबबाट खेल्न अवसर पाइने र जागिर छाडेपछि आफू खेलाडी हुँ भन्ने पनि बिर्सनुपर्ने तीतो अवस्था रहेको जनाउँछिन् ।

नेपालमै महिलाको गेम नै नहुने बताउने एन्जिला महिला फुटबलको लागि सरकारी बजेट नै नहुने तर्क गर्छिन् । महिला खेलाडीहरू नेपालमा गेम खेलेर के बन्ने, के गर्ने ? भन्ने सुनिश्चित नरहेकाले यस क्षेत्रमा आउनेहरूको भविष्य अन्योलमा रहेको उनको ठहर छ । यस क्षेत्रमा आउन चाहने नयाँलाई गेमभन्दा पहिले पढाइलाई प्राथमिकतामा राख्न उनको सुझाव छ ।

महिला फुटबलमा आवश्यक वजेट छुट्याई खेलाडीको सीप विकासका लागि विदेशी कोचको व्यवस्था गर्नुपर्नेमा उनीहरू जोड दिन्छन् । महिला खेलाडीलाई आवश्यक सेवासुविधा प्रदान गरी राम्रो तयारी गराएमा धेरै प्रतियोगितामा आफूहरू विजेता बन्ने उनीहरूको दाबी छ । सरकारले हरेक क्षेत्र र जिल्लामा रहेका महिला खेलाडीहरूको छनोट गरी राष्ट्रिय स्तरको खेलमा अवसर दिनुपर्ने र महिला फुटबल प्रतियोगिताको संख्या बढाउनुपर्ने उनीहरूको जोड छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.