वीरगन्जबाट ५० लाखको सुनसहित भरिया पक्राउ, मालिक खोजिँदै

वीरगन्जबाट ५० लाखको सुनसहित भरिया पक्राउ, मालिक खोजिँदै

वीरगन्जः तेश्रो मुलुक र तिब्बत नाका हुँदै नेपालबाट भारत तस्करी हुने वीरगन्ज नाकाबाट करिब चार वर्षपछि प्रहरीले ठूलो परिमाणमा सुनसहित एकजनालाई पक्राउ गरेको छ । वीरगन्जको इनर्वास्थित भन्सार नाकामास्थित शंकराचार्य गेट अगाडिबाट शु्क्रबार बिहान प्रहरीले  एक किलोग्राम सुनसहित एकजनलाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका– ९ घर भएका ३८ वर्षीय सन्तोषकुमार साह कलवार रहेका छन् । विशेष सुराकीको आधारमा प्रहरी चौकी इनर्वाबाट प्रहरी नायव निरीक्षक त्रिभुवन साहको नेतृत्वमा खटिएको टोलीले सुनसहित कलवारलाई पक्रेको हो । 

वीरगन्जबाट रक्सौल जाँदै गरेका कलवार सवार ना ४८ प ३७७४ नम्बरको मोटरसाइकल शंकराचार्य गेटमा रोकर चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनिको एयर फिल्टरभित्र  लुकाएर राखिएको ६ वटा टुक्रामा रहेको एक किलो सुन बरामद भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 

पक्राउ परेका कलवारले आफुलाई वीरगन्जको रजत जयन्ती चोकमा एक व्याक्तिले सुन सीमावर्ती भारतीय सहर रक्सौलमा पुर्‍याइदिन भन्दै पाँच हजार रुपैयाँ ज्याला दिएको बयानमा बताएका ढकालले बताए । 

प्रहरी उपरीक्षक ढकालका अनुसार बरामद भएको सुनको बजार मुल्य ४९ लाख ९२ हजार रुपैयाँ रहेको छ ।  सुनसहित पक्राउ परेका कलवारलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए  । बरामद सुन धनीबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

‘पक्राउ परेका कलवार भरिया मात्रै रहेको खुलेको छ’, प्रहरी उपरीक्षक ढकालले भने, ‘सुनको मुख्य कारोबारीबारेमा अनुसन्धान भइरहेको छ । तर प्रहरी श्रोतले भने बरामद भएको सुन वीरगन्जकै कारोबारीको रहेको जनाएको छ ।  चीन तथा तेश्रो मुलुकबाट अवैधरुपमा भित्रिने सुन वीरगन्ज नाका हुँदै भारत तस्करी हुदै आएको छ । तर २०७२ साल यता भने वीरगन्जबाट एक पटक पनि सुन बरामद भएको थिएन ।

‘पर्सामा तत्कालीन प्रहरी उपरीक्षक दिवेश लोहनी कार्यरत रहेका बेला दुई पटक सुन बरामद भएको थियो’, जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकृतले भने, ‘त्यसपछि भने हालसम्म एक पटक पनि सुन बरामद भएको थिएन ।’ 

पर्सा प्रहरीका अनुसार , आर्थिक वर्ष २०७१/०७२ मा वीरगन्जबाट भारत तस्करी गर्न लागिएको अवस्थामा दुई करोड ७५ लाख ४३ हजार ६ सय ४५ रुपैयाँ मूल्यको ६ किलो एक सय ३३ ग्राम, आर्थिक वर्ष २०७०/०७१ मा तीन करोड ४६ लाख ७० हजार दुई सय रुपैयाँको सात किलो चार सय ७७ ग्राम र आर्थिक वर्ष २०६९/०७० मा ३५ हजार सात सय २३ रुपैयाँ मुल्यको सात ग्राम पाच सय ८० मिलिग्राम सुन बरामद भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.