प्रशासन कार्यालयका अधिकृतको गोली हानी हत्या गर्ने व्यक्ति १६ वर्षपछि पक्राउ

प्रशासन कार्यालयका अधिकृतको गोली हानी हत्या गर्ने व्यक्ति १६ वर्षपछि पक्राउ
सुन्नुहोस्

वीरगन्ज : १६ वर्ष पहिले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन अधिकृतको गोली हानी हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साकै सखुवा प्रसौनी गाउँपालिका-५ बलुवाका ७२ वर्षीय प्रेम गिरी रहेका छन्।

पक्राउ परेका गिरीले २०६५ असोज २२ गते जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ वर्षीय मोहन प्रसाद मैनालीको गोली हानी हत्या गरेका थिए। त्यसअघि २०५७ भदौ १२ गते पर्साकै विन्दावासिनी गाउँपालिका-४ का ३० वर्षीय देवेन्द्र यादवको घरमा डकैती गर्ने क्रममा गिरीसहितको डाँका समूहले यादवको पनि गोली हानी हत्या गरेका थिए। मैनाली र यादवको हत्या गर्ने गिरी हातहतियार तथा खरखजाना मुद्दाका पनि फरार अभियुक्त रहेका थिए।

दुई व्यक्तिको हत्या, डाँका मुद्दा र हातहतियार तथा खरखजाना मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय समेत तोकी सकिएका गिरी भारतको पनि विभिन्न स्थानमा भएका हत्या,चोरी, डकैती लगायतका आपराधिक क्रियाकलापमा संलग्न थिए। लामो समयदेखि नेपाल प्रहरीको सर्वाधिक खोजी (मोस्ट वान्टेड)को सूचीमा रहेका गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार खटिएको प्रहरी टोलीले बलुवास्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा गिरीलाई पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

पक्राउ गरिएका गिरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.