उपकुलपतिको गाडी तोडफोड, ६ जना विद्यार्थी पक्राउ

उपकुलपतिको गाडी तोडफोड, ६ जना विद्यार्थी पक्राउ

वीरेन्द्रनगरः कर्णाली प्रदेशको एक मात्र विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरुले उपकुलपतिको गाडीमा तोडफोड गरेका छन् । इन्जिनियरिङ्ग संकायलाई स्वायत्त र मर्यादित बनाउन माग राख्दै आन्दोलनमा रहेका विद्यार्थीहरुले शुक्रबार उपकुलपति प्रा.डा उपेन्द्रकुमार कोइरालाको गाडी तोडफोड गरेका हुन् । 

लगातार १२ दिनदेखि आन्दोलनमा रहेका विद्यार्थीहरुले केन्द्रिय कार्यालयमा लगाएको ताला आफुहरुसँगको सल्लाहबिना नै तोडिएपछि उनीहरुले परिषरमा रोकेर राखिएको गाडीमाथि अन्धाधुन्ध ढुंगामुडा गरी गाडी तोडफोड गरेका हुन् ।  

विश्वविद्यालय पदाधिकारी र आन्दोलनरत विद्यार्थीबीच वार्ता बस्ने बारेमा सहमति हुन नसक्दा तोडफोड भएको हो । विश्वविद्यालय पदाधिकारीहरु आफ्ना मागप्रति जवाफदेही नभएको भन्दै विद्यार्थीहरुले एमयूको विस्तारित कार्यालयमा समेत ढुङ्गामुढा गरेका छन् । 

गाडी तोडफोड र विस्तारित कार्यालयमा ढुङ्गामुढा गर्ने ६ जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टालिले पक्राउ गरी नियन्त्रणमा लिएको छ । एमयूको केन्द्रीय क्याम्पस परिषरमा रिले अनसन समेत बसेका छन् । 

विद्यार्थीहरु ढुंगामुडा गर्न उत्रिएपछि नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार निकुञ्ज पाण्डे, न्यूटन वली, रामचन्द्र भण्डारी, केशव खड्का, निर्मल विसी र रामकुमार शाह पक्राउ परेका छन् । 

हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरू पूर्णरूपमा सञ्चालन गरिनुपर्ने र १० प्रतिशत विद्यार्र्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनुपर्ने लगायतका मागहरू विद्यार्थीले राखेका छन् । 

त्यस्तै लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै, इन्जिनियरिङ्ग संकायको छुट्टै लाइब्रेरीको व्यवस्था गराइनुपर्ने, सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गरिनुपर्ने माग उनीहरुका छन् । 

इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्ग संघर्ष समितिले आन्दोलन थालेको हो । 

विभिन्न सात बँुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालय प्रशासन मौन देखिएकाले आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका सदस्य विज्ञानराज कार्कीले बताए । उनले विश्वविद्यालय पदाधिकारीहरुले विद्यार्थीका समस्या समाधान भन्दा पनि दमनपरी रुपमा ताला तोडेर विद्यार्थीमाथि दादागिरी देखाएको अरोप लगाएका छन् । 

यस्तै, विश्वविद्यालयले भने वार्ताका लागि तयार हुँदा हुँदै पनि विद्यार्थाीहरुले आक्रोशमा तोडफोड गरेको बताएको छ । जायज माग सम्बोधनका लागि विश्वविद्यालय तयार रहेको रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बताए । 
वीरेन्द्रनगरः विद्यार्थीको ढुंगामुडाबाट सिसा फुटेको उपकुलपतिको गाडी ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.