कालीकोटका जंगलमा लागेको आगो नियन्त्रणमा आयो

कालीकोटका जंगलमा लागेको आगो नियन्त्रणमा आयो
जंगलमा लागेको आगो नियन्त्रणमा जुटेको सुरक्षाकर्मी । तस्बिर : भरतराज बिष्ट
सुन्नुहोस्

कालीकोट : कालीकोटका सामुदायीक बन तथा सरकारी बनमा लागेको आगो नियन्त्रणमा आएको छ।  जिल्लाको सदरमुकाम मान्म बजार नजिकैको जंगलमा लागेको आगो स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको हो।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पोषण थापाले जानकारी दिए। सूचना अधिकारी थापाले आगो  लगाउने व्यक्तिको खोजि भइरहेको बताए। उनले आगो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारवाही गरिने समेत बताए।

जिल्लाको पर्यटकीय स्थल कोटदरवार क्षेत्रमा समेत आगो लागेको थियो ।  केही दिनअघि जिल्लाको खाँडाचक्र नगरपालिका-१ की १२ वर्षीया हरिकला चौलागाई र उनका बुवा नन्दराम चौलागाईको आगोमा जलेर मृत्यु भएको थियो। चैत्र २ गते नवदुर्गा सामुदायीक वनमा बाख्रा चराउन गएका बाबु- छोरीले आगोमा परी मृत्यु भएको  थियो।

घटनास्थलमै ४९ वटा बाख्रा जलेर मरेका थिए। छोरीलाई ओडारमा बस्न भनेका बाबु आगोले जल्न थालेपछि बाबुलाई बचाउन गएकी हरिकला पनि आगोले जलेर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते बाबु छोरीको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा निधन भएको थियो । 

कालीकोटमा तीन वर्षयता आगलागीबाट जलेर ६ जनाको ज्यान गइसकेको छ भने ५ जना घाइते भएका छन् । २०७८/०७९ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म ४५ ठाउँमा आगलागी भयो । आगलागीबाट २२ वटा घर जलेर पूर्णरुपमा क्षति भए । 

हालसम्म आगलागीबाट ७७ वटा पशुचौपाया मरे भने दर्जनौंको संख्यामा घाइते छन् । आगोले जंगलमा रहेका बोटविरुवा जल्नुका साथै मृग,पशुपंक्षी मरेका छन् । नागरिक समाजका अगुवा काली बहादुर मल्लले भने बर्सेनि आगलागीबाट धनजनको क्षति हुँदासम्म राज्यले कुनै पहल नगरेको गुनासो पोखे।

पहाडी जिल्लामा आगो तत्काल नियन्त्रण गर्न स्थानीय सरकारले कुनै पनि सम्यन्त्रको विकास गरेको छैन । स्थानीय सरकार गैर जिम्मेवार हुनुले आगलागी पीडितहरू मर्कामा परेका छन् । वनमा स्थानीयले जानीजानी आगो लगाउने  गरेको पाइएको छ। बाक्लो घाँस पलाउने लोभले आगो लगाउँदा वन विनास हुँदै गएको हो ।

 जिल्लाको खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, शुभकालीका गाउँपालिका, तिलागुफा नगरपालिका भित्रका वन क्षेत्र आगोले जलेर नष्ट भएका छन्। हिउँद बर्खा नै सुख्खा भइरहने पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा बिरुवाको नाम निसा नै छैन । 
डिभिजन वन कार्यालयले पनि आगो नियन्त्रणको प्रयास गरेको देखिदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.