फुटबलमयी युरोप यात्रा

फुटबलमयी युरोप यात्रा

सन् २०१६ को अक्टोबर अन्त्यतिर छोरा वसन्तसँग युरोप भ्रमणमा निस्किएका थियौं। प्रसंग थियो, बेल्जियममा नेवारी परिकारसम्बन्धी सचित्र पुस्तकको लोकार्पणको। यही मेसोमा बेल्जियममा नेपाली पप गायकद्वय सञ्जीव प्रधान र नलिना चित्रकारसँग भेट भयो। बेल्जियमको एन्ट्वर्पमा त्यहाँको पासापुचःले आयोजना गरेको म्हपूजा एवं पुस्तक लोकार्पणको कार्यक्रम भ्याएर हामी स्पेनको बार्सिलोना गयौं। त्यसो त युरोपियन क्लबस्तरीय फुटबल प्रतियोगितामा सानो छोरा प्रशान्त र म बार्सिलोना क्लबको फ्यान हौं। स्पेनको बार्सिलोनामा पनि नेपाल संवत् र तिहारको कार्यक्रमपछि त्यहाँका सहृदयी एनआरएन नीलु अवालेको जोडीसँग बार्सिलोनाका कलात्मक एवं ऐतिहासिक गिर्जाघरहरू अनि समुद्री तटको भ्रमणपछि बार्साको होम ग्राउन्ड नोउ क्याम्पमा गयौं।

हामी सँगैका अन्य अतिथिहरूलाई फुटबलप्रति त्यति रुचि नभएका कारण बार्साको म्युजियम घुम्न पाएनौं। केवल नोउ क्याम्प रंगशालावरिपरि पोजपोजमा फोटो खिचेर एवं सोभेनिएर पसलमा घुमेर चित्त बुझायौं। त्यही सोभेनिएर पसलबाटै रंगशाला भित्रको आंशिक दृश्यावलोकन गरेर चित्त बुझायौं। मलाई मन पर्ने मेस्सीले विपक्षीलाई माछा छलाएभैंm छलाएर एक्रोब्याटिक, आर्टिस्टिक शैलीमा गोल गर्ने मैदान यही नै हो भनेर मलाई चिच्याउन मन लाग्यो। नदी किनारसम्म पुगेर पनि प्यास मेटाउन पाएइन, साह्रै थकथकी लाग्यो।

बेल्जियम, नेदरल्यान्ड, फ्रान्सको भ्रमणपछि लक्जम्बर्गको बाटो हुँदै ११ नोभेम्बर २०१६ मा स्विट्जरल्यान्डको ज्युरिचमा आयौं। ज्युरिच आइसकेपछि यहाँ अवस्थित फिफाको मुख्यालय छुटाउने कुरै थिएन। त्यसो त २०१० मा अस्ट्रियामा स्वास्थ्यसम्बन्धी थप तालिम लिन जाने सिलसिलामा ज्युरिख र पेरिस घुम्न गएको थिएँ। मे २१ का दिन मेरा साथी डा. अमित अमात्य, सरिन दिदी र म ज्युरिख सहरमा रहेको युनिभर्सिटी एरिया, ग्रसमुन्स्टर चर्च, फ्राउमुन्स्टर, विश्वकै ठूलो घडी राखिएको सेन्ट पिटर गिर्जाघर, टाउनहल, स्विस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी घुमेका थियौं। राजा त्रिभुवनको देहान्त पनि जुरिखको युनिभर्सिटी अस्पतालमा भएको थियो। त्यहाँको भ्रमण पनि मेरै ढिपिमा भएको थियो। त्यसपछि फिफा स्ट्रासेस्थित फिफा हेडक्वार्टर घुम्न गएका थियौं।

फिफाको नयाँ हेडक्वार्टर आर्किटेक्ट टिल्ला थियसद्वारा डिजाइन गरिएको हो। कुल ३७ हजार चार सय वर्ग मिटरमा पैmलिएको मुख्य भवन अन्डरग्राउन्ड (पाँच तला) सहित आठ तलाको छ। यसको मुख्य भाग सभास्थल रहेको तेस्रो भूमिगत तला रहेछ। १४ मे २००४ मा शिलान्यास भई २८ अप्रिल २००७ मा साँचो हस्तान्तरण गरिए पनि यसको औपचारिक उद्घाटन भने २९ मे २००७ मा फिफा कंग्रेसको ५७औं बैठकअगाडि गरिएको हो।

विश्वभरिका दुई सय आठ सदस्यराष्ट्र एवं करिब २७ करोड खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य सहभागी सहितको अन्तर्राष्ट्रिय फुटबल समुदायको सांकेतिक घरका रूपमा रहेको छ, यो भवन। पूर्णतः आर्थिक एवं वातावरणमैत्री तवरले बनाइएको यस मुख्यालयवरिपरि सबै महाद्वीपको प्रतिनिधित्व हुने गरी सम्बन्धित ठाउँकै वनस्पति सहितको बगैंचा बनाइएको छ। यसका साथै प्रशासन, तालिम, सभास्थल, स्पोर्टस् सेन्टर एवं एउटा फुटबल मैदान पनि बनाइएको छ। हामी त्यहाँ पुग्दा विश्वकप २०१० (दक्षिण अफ्रिका) आउन केवल २१ दिन मात्र बाँकी भएका कारण त्यहाँको रौनक नै अर्कै थियो।

त्यस मुख्यालय छिर्ने बित्तिकैको लबीमा सुनौलो विश्वकप खुला तवरले राखिएको थियो। खेलाडी एवं फुटबलप्रेमीले साँच्ने गरेको सपनाजस्तै आफ्नै हातले साँच्चिकैको विश्वकप स्पर्श गर्न पाउँदा खुसीको सीमा रहेन। विश्व विजेता टोलीले प्रत्येक विश्वकप प्रतियोगिताको फाइनल खेलपछि विजेता खेलाडीहरूले ट्रफी उचाल्न पाउँदाको जत्तिको खुसी, अझ त्योभन्दा बढी उत्साह सञ्चारित भएको थियो मेरो मनमा। र, त्यो बेला मलाई स्विट्जरल्यान्ड भ्रमणको मुख्य उपलब्धि यही नै भयो भन्दामा फरक परेन। त्यसो त त्यहाँ फिफा विश्वकप पुरुष एवं महिला, फिफा अन्डर २० विश्वकप पुरुष एवं, फिफा अन्डर १७ विश्वकप पुरुष एवं महिला, फिफा कन्फेडेरेसन कप, फिफा क्लब विश्वकप, फिफा युवा कप, फिफा बिच सकर विश्वकप पनि सजावटमा राखिएका थिए तर विश्वकप ट्रफीचाहिँ विशेष लाग्यो।

प्रत्येक चार वर्षमा विश्वकप जित्ने राष्ट्रलाई दिइने अठार क्यारेटको सुन, पाँच किलो तौल, ३६.५ सेमी अग्लो, १३ सेमी व्यास (पिँध) युक्त ट्रफीमा दुइटा मानव आकृतिले विश्व समाइरहेको प्रतीक बनाइएको छ। इटालियन शिल्पकार सिल्भियो गाज्जानिगाको परिकल्पनामा बनाइएको हालको ट्रफी १९७४ विश्वकपदेखि प्रचलनमा आएको हो।

नोउ क्याम्प रंगशालावरिपरि पोज–पोजमा फोटो खिचेर र सोभेनिएर पसलमा घुमेर चित्त बुझायौं। मेस्सीले विपक्षीलाई माछा छलाएझैं छलाएर गोल गर्ने मैदान यही नै हो भनेर मलाई चिच्याउन मन लाग्यो।

सन् १९३० बाट सुरु भएको विश्वकप फुटबल जित्ने राष्ट्रले पाउने यस अघिको ट्रफीलाई सुरुमा ग्रिक देवी विजयबाट प्रभावित भएर विजय भनिए पनि सन् १९४६ मा फिफाका पहिलो अध्यक्षको सम्मानमा जुल्स रिमेट नाम राखियो। ब्राजिलले १९५८, १९६२ र १९७० मा तीन चोटि जितेर यस अघिको ट्रफीलाई आफ्नो बनायो। त्यसैले १९७४ देखिको विश्वकपका लागि अर्को बनाउनु परेको थियो। मालाकाइटको दुई तह भएका कारण तुलनात्मक रूपमा हलुका भएको उक्त ट्रफीको पिँध नेरको घेरामा फिफा विश्वकप लेखिएको हुन्छ। यसको पिँधमा जितेको साल र विजेता राष्ट्रको नाम तिनीहरूकै भाषामा लेख्ने चलन छ।

यो ट्रफी जित्न महिनौं अगाडिदेखि सञ्चालन हुने महादेशीय छनोट चरण पार गरेर अन्तिम चरणमा आएका ३२ राष्ट्रलाई पछार्ने क्षमता चाहिन्छ। अहिलेको ट्रफीमा हालसम्म ब्राजिल, इटाली, अर्जेन्टिना, जर्मनी, फ्रान्स र स्पेनले आ–आफ्नो नाम लेखाइसकेको छ। उक्त पिँधमा सन् २०३८ सम्मको विश्वकपको विजेता राष्ट्रको नाम लेख्ने ठाउँ बाँकी छ। फिफाले यही विश्वपकप ट्रफीलाई पहिलो चोटि सन् २००६ मा आफ्ना प्रतिनिधि सदस्यराष्ट्रबीच घुमाउने चलन थालेको थियो। दोस्रो पटक २००९/२०१० मा यही क्रममा नेपालमा पनि ल्याइएको थियो।

फिफा मुख्यालय सँगैको मैदानछेउ अन्य राष्ट्रका झन्डासँगै नेपालको झन्डा अनि फिफाको मुख्यालय अगाडिको सिँढीमा प्रत्येक फिफा सदस्यराष्ट्रसँगै नेपालको नाम पनि देख्दा गौरवान्वित महसुस गरेँ। त्यो बेला फिफा मुख्यालयको प्रांगणमा राखिएको विश्वकप ट्रफी आफ्नै हातले स्पर्श गर्न पाएको थिएँ। तर विडम्बना योपटक अन्य सबै कुरा त्यहाँ भए पनि विश्वकप ट्रफीलगायत महिला विश्वकप, क्लबस्तरीय फिफा कप, विभिन्न उमेर समूहका ट्रफीहरू त्यहाँ थिएनन्। ती सबै महŒवपूर्ण ट्रफीहरू फिफा मुख्यालयबाट करिब अढाई किलोमिटर टाढा फिफा वल्र्ड फुटबल म्युजियममा प्रदर्शनका लागि राखिएको थाहा पायौं। हामी बाबुछोरा ट्राम चढेर सीस्ट्रासेस्थित उक्त म्युजियममा आयौं र नेपाली तीन हजार रुपैयाँको टिकट काटेर फिफासँग सम्बन्धित यसको इतिहास हालसम्मका विश्वकप फुटबल प्रतियोगिताका महŒवपूर्ण दस्तावेजहरू हेर्ने अवसर पायौं। सन् २०१० को भ्रमणमा आफ्नो हातैले स्पर्श गरेको विश्वकप ट्रफी योपटक सिसाको दराजभित्र राखिएको पाउँदा मन अमिलो भयो। तैपनि हेरेर सयौं स्न्याप फोटोहरू खिचेर चित्त बुझायौं। त्यहाँ विश्वका सबै राष्ट्र फुटबल खेलाडीले लाउने राष्ट्रिय जर्सीसँगै नेपालको चन्द्रसूर्य झन्डा अंकित रातो नीलो रङयुक्त नेपाली राष्ट्रिय टोलीको जर्सी हेर्न पाउँदा मन पुलकित भयो। कतिपय अवस्थामा हिङ नभए पनि हिङ बाँधेको टालोमै पनि गर्व महसुस हुँदो रहेछ।

मनमा विश्वकप मुख्यालय अनि यसको आउटलेट भ्रमणको सन्तुष्टिपछि नेपाल फर्किने क्रममा जर्मनीको म्युनिख आयौं। म्युनिख बसाइका क्रममा सहृदयी भाइ सागर ढकालको मद्दतमा जर्मन क्लब वायर्न म्युनिखको आधिकारिक रंगशाला एलियान्जमा धक फुक्ने गरी घुम्यौं। बार्साको म्युजियम र नोउ क्याम्प भित्रको रंगशालाभित्र घुम्न नपाएको प्यास, झोंक अनि भोक यहाँ मेट्यौं। घन्टौं लगाएर म्युजियम भित्रका वायर्न म्युनिखले जितेका च्याम्पियन्स लिग, बुन्डेस लिगा अनि जर्मन सुपर कपदेखि वायर्न म्युनिखका लाइफ साइजका फोटोहरू अनि वायर्नका स्पोन्सर कम्पनीका विभिन्न आउटलेटका अनेकौं स्मृति संग्रह ग¥यौं।

यसरी त्यो पटकको युरोप भ्रमण अधिकजसो फुटबलमयी भयो भन्दा फरक परेन। अहिले विश्वकप चलिरहेको छ। बर्सेनि च्याम्पियन्स लिग अनि अन्य युरोपियन लिगहरू, फिफाका उमेर समूहको विभिन्न प्रतियोगिताहरूको प्रत्यक्ष प्रसारण हेर्दा त्यसैत्यसै नोस्टाल्जिक हुन्छु।

त्यसो त खेलकुदमा त्यसमा पनि क्रिकेट खेलमा अधिक रुचि भएकाले २०१० मै फ्रान्स जाँदा अलिक ढिपि गरेर भए पनि फ्रान्स विश्वकप फाइनल भएको स्टाड दी फ्रान्स रंगशाला घुमेँ। २०१२ मा नेदरल्यान्ड जाँदा ओलम्पिक रंगशाला, २०१२ मा लन्डन नजिकैको वेम्बली रंगशाला, २०१६ मा म्युनिखस्थित ओलम्पिक पार्क अनि २०१७ मा दक्षिण कोरिया जाँदा १९८८ सोल ओलम्पिक पार्क घुम्न छुटाइनँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.