प्रेस्क्रिप्सनबिना औषधि बेच्ने दुई व्यवसायी पक्राउ

प्रेस्क्रिप्सनबिना औषधि बेच्ने दुई व्यवसायी पक्राउ

भक्तपुर :  चिकित्सकको प्रेस्क्रिप्सनबिना लागू तथा मनोद्विपक औषधि बेच्ने दुईजना औषधि व्यवसायीसहित पाँचजनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको सूर्यविनायक नपा ५ सल्लाघारीस्थित अरनी हाइवे पोलिक्लिनिक प्रालि फार्मेसी सञ्चालक सृजना घिमिरे र अर्विषा फार्मेसीका सञ्चालक विक्रम खड्कालाई नियन्त्रणमा लिएको हो।

त्यस्तै अरनी हाइवेबाट औषधि खरिद गर्ने भक्तपुरको मध्यपुर थिमी नपा ९ निकोसेरा बस्ने २० वर्षीय किरण कासुला र अविषाबाट औषधि खरिद गर्ने    काभ्रेको काशीखण्ड २ बस्ने २० वर्षीय विकास लामा तथा भक्तपुरकै सूर्यविनायक नपा २ बालकोट बस्ने २३ वर्षीय रुपक खत्रीलाई नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

लागू तथा मनोद्विपक औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न पाइँदैन। तर यी औषघि चिकित्सकको प्रेस्क्रिप्सनबिनै बिक्री वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले प्रेस्क्रिप्सनबिना औषधी खरिद गर्ने तीनजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

उनका अनुसार उनीहरुको बयानको आधारमा अरनी हाइवे पोलीक्लिनिक प्रालि फार्मेसी युनिट र अर्विषा फार्मेसीका सञ्चालकहरुलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले ती दुई पसलमा खानतलासी गर्दा दर्ता नभएका तथा प्रेस्क्रिप्सनबिना बेच्न नपाइने औषधिसमेत बरामद गरेको छ। प्रहरीले अरनी होइवे पोलीक्लिनिकबाट ५० ग्रामको ट्रमा ९० क्याप्सुल, कोड १३७ ट्याबलेट, ५ ग्रामको क्लोजेप १२० ट्याबलेट र २ ग्रामको क्लोजेप ९५ ट्याबलेट बरामद गरेको छ।

त्यस्तै अर्विषाबाट ५० ग्रामको ट्रमा एकहजार आठसय क्याप्सुल बरामद भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उनले उक्त औषधि बरामद भएपछि तत्काल औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयलाई खबर गरी विभाग र प्रशासनका प्रतिनिधिको उपस्थितिमा दुइटै पसलमा सिलबन्दी गरिएको बताए।

उनका अनुसार औषधि बिक्री गर्ने दोलखाको तामाकोसी गाउँपालिका ३ स्थायी घर भएकी घिमिरे र कैलालीको टीकापुर २ स्थायी घर भएका खड्कासँगै औषधि खरिद गर्ने तीनजनालाई कारबाहीको लागि औषधि व्यवस्था विभाग बुझाइएको छ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.