धामीझाँक्रीलाई क्षमता अभिवृद्धि तालिम

धामीझाँक्रीलाई क्षमता अभिवृद्धि तालिम

कालिकोट : कालिकोट खाँडाचक्र नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले नगरभित्रमा धाँमीझाँक्रीहरूको लगत संकलनका साथै क्षमता अभिवृद्धि तालिम दिन सुरु गरेको छ । स्थानीय अझै पनि बिरामी पर्दा धाँमीझाँक्रीकहाँ हेराउन जाने भएकाले उनीहरूलाई क्षमता अभिवृद्धि तालिम दिएर आयुर्वेदिक औषधिको प्रयोग र स्वास्थ्यसंस्था जान सुझाइएको नगरपालिकाका आयुवेर्दिक शाखा प्रमुख वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए ।

उनले स्थानीय धाँमीझाँक्रीले दिने जडीबुटीले बिरामीलाई कस्तो असर पार्छ भन्ने कुराको ज्ञान दिन तालिम सुरुवात गरिएको बताए । क्षमता अभिवृद्धि तालिमअन्तर्गत पहिलो पटक नगरका ७, ८, ९, १० वडाका २५ जना धामीहरूलाई तालिम दिएको छ । कर्णालीका पाँच जिल्ला कालिकोट, जुम्ला, हुम्ला मुगु र डोल्पामध्ये अन्य चार वटा जिल्लामा हवाई छ तर कालिकोटमा भने छैन । यहाँ सामान्यदेखि गम्भीर प्रकृतिका बिरामीहरू स्वास्थ्यचौकीमा भन्दा धामीझाँक्रीकहाँ उपचार गराउन जाने गर्छन् ।

केही वर्षअघि सरकारी स्वास्थ्यसंस्थामा स्वास्थ्यकर्मी र औषधि पाइँदैन थियो । स्थानीय नागरिकलाई धाँमीकहाँ जानुको विकल्प थिएन् । त्यसैले बिरामी पर्दा अधिकांश नागरिक धाँमीझाँक्रीको मै जान्थे । खाँडाचक्र नगरपालिका–१० निवासी मष्टो धलपुराका मुल धामी कालीबहादुर शाही २० वर्ष अघिदेखि यस्तै काम गर्दै आएका छन् । उनले भने, ‘हामीले पर्वका अवसरमा त फुर्सदै पाउँदैनौं । धेरै मान्छे धमेला बस्न आउने गरेका छन् । साउन पूर्णिमाका बेला मात्र करिब डेढ दुई सय जना यस्तै सेवाग्राही आउने गरेका छन् ।       

उनले भने, ‘गर्भवतीले छिटो बच्चा नजन्माए, घरमा कोही बिरामी भए, लामो समय ज्वरो आए, बच्चा नजन्मिए, घरमा पालेको पशु चौपाया मरे, नयाँ काम वा व्यवसाय गर्नुपर्दा समेत धाँमीलाई हेराउन स्थानीय नागरिक आउने गरेका छन् । ‘सती युगमा त छोरा नहुनेलाई देवताले नै छोरा दिन्थे, पानी अभाव भएका ठाँउमा पानीका मुहान पनि फुटाउँथे । तर, अहिले त्यस्तो रहेन । उनले भने, ‘अहिले पनि स्थानीय सतीयुगको जस्तै देवताबाट केही पाइन्छ कि भन्ने आस मार्न छाडेका छैनन्् । उनका अनुसार अहिले पनि उनीसँग हेराउन आएकामध्ये ६० प्रतिशत सन्तुष्ट भएर जान्छन् । स्थानीयको विश्वासलाई कायम राख्न आफूहरूले अहिले उपचार गर्दा तीन घण्टाभित्र बिरामी सन्चो नभए अस्पताल लैजान आग्रह गरेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.