भक्तपुर अस्पतालको अत्याधुनिक भवन बन्ने

भक्तपुर अस्पतालको अत्याधुनिक भवन बन्ने

भक्तपुर : भक्तपुरकै जेठो भक्तपुर अस्पतालको अत्याधुनिक एवं सुविधा सम्पन्न नयाँ भवन बन्ने भएको छ। दुई भवनलाई रेक्ट्रोफिटिङ गरी आधुनिक एवं सुविधा सम्पन्न बनाइने भएको हो।

यसको लागि नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र बेलायतको सरकारी सहयोग संस्था डीएफआईडीको करिब २५ करोड रुपैयाँ लगानी हुनेछ।

भक्तपुर अस्पताललाई हब अस्पतालको रुपमा विकास गर्ने सरकारी योजना छ। उक्त योजनाअनुसार कास्कीको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र भक्तपुर अस्पतालमा उक्त योजना कार्यान्वयन गरिने भएको छ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर खड्काले भक्तपुरलाई हब अस्पतालको रुपमा विकास गर्ने योजनाअनुसार करिब २५ करोड रुपैयाँको योजना अघि बढेको जानकारी दिए। उनले उक्त योजना आगामी दुई वर्षभित्र पूरा गर्ने सरकारको लक्ष्य रहेको सुनाए।

योजना कार्यान्वयनार्थ तोकिएका फोकलपर्सन स्वास्थ्य मन्त्रालयका विशेषज्ञ सल्लाहकार सुनिल खड्काले दुई वर्षभित्र चार चरणमा भक्तपुर अस्पतालको रेक्ट्रोफिटिङ तथा नयाँ निर्माण हुने जानकारी दिए। फोकल पर्सन खड्काले अबको तीनमहिनाभित्र काम सुरु हुने बताए। काम सुरु भएपछि दुईवर्षभित्र निर्माण पूरा हुने उनको दाबी थियो।

उनका अनुसार पुरानो भवनमा रेक्ट्रोफिटिङ गर्न पहिले उक्त भवनको अस्थायी विकल्प तयार गरिनेछ। ‘अस्पतालको सेवा प्रवाह प्रभावित नहुने गरी रेक्ट्रोफिटिङको काम सुरु गर्छौं’, उनले भने, ‘त्यसको लागि पहिले अस्थायी वैकल्पिक संरचना तयार हुनेछ। उक्त संरचनाबाट रेक्ट्रोफिटिङ हुने भवनको सम्पूर्ण काम सम्पादन हुनेछन्।’
पुरानो भवन रेक्ट्रोफिटिङसँगै नयाँ भवन पनि बन्ने उनी बताउँछन्। चारतले उक्त भवनको भूई तलमा चारपांग्रे सवारीको पार्किङको व्यवस्था गरिनेछ। पहिलो तलामा अप्रेसज थिएटरसहितको प्रसूति वार्ड, दोस्रो तलामा आईसीयूसँगै उपकरण निर्मलीकरण गर्ने सीएसएसडी वार्ड र तेस्रो तलामा दुईवटा अत्याधुनिक अप्रेसन थिएटरसँगै अप्रेसन तयारी, रिकभरी कक्षको व्यवस्था गरिने बताइएको छ।

त्यस्तै पुरानो भवनमा रेक्ट्रोफिटिङसँगै अहिले छरिएर रहेको प्याथोलोजी ल्याब, एक्सरेलगायतलाई एकै ठाउँबाट सेवा प्रवाह रहेन व्यवस्था गरिने स्वास्थ्य मन्त्रालयका वरिष्ठ आर्किटेक्ट इञ्जिनियर ज्ञानेन्द्रले शाक्यले जानकारी दिए।

उनका अनुसार अस्पतालका पूरा भवन स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार नभएकाले रेक्ट्रोफिटिङपछि मापदण्ड पूरा गरिनेछ। त्यस्तै अस्पताल पुग्ने बिरामीहरुको सुविधाको लागि २६ जना क्षमताको लिफ्टसमेत जडान गरिने भवनको स्ट्रक्चर डिजाइन तयार गर्ने मन्त्रालयका वरिष्ठ इञ्जिनियर डा. सन्तोष श्रेष्ठले बताए। उक्त लिफ्टले अहिले छुट्टाछुट्टै रहेका पुराना दुई भवनलाई नयाँ भवनसँग जोड्ने छ। 

हब अस्पताल योजनाअनुसार भक्तपुर अस्पतालमा आधुनिक पोस्टमार्टम गर्ने भवन, भान्छाघर, अपांगमैत्री शौचालयसमेत नयाँ बन्नेछन्। छानामा मोटरसाइकल पार्किङ गर्ने गरी भान्छाघर निर्माण गरिने इञ्जिनियर श्रेष्ठ बताउँछन्। त्यस्तै अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्ने प्रवन्धसमेत गरिने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.