सडक बालकको अभिभावक बने शिक्षा विकास प्रमुख

सडक बालकको अभिभावक बने शिक्षा विकास प्रमुख

मलंगवा : शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख चेतकुमार पोखरेल सडकमा मागेर हिड्ने बालकको अभिभावक बनेका छन्।  

पोखरेलले बिहीबार महोत्तरीको बर्दिबासमा मध्यरातमा माग्दै हिँडेका संखुवासभा चैनपुरका ९ वर्षीय बिपिन तामाङको अभिभावक बनेका हुन्। अभिभावक बनेसँगै उनले बिपिनलाई विद्यालय भर्ना गरेका छन्। 

बालकले पोखरेलसँग पैसा माग्दै आफ्ना दुःख सुनाएपछि उनी अभिभावक बनेका हुन्। बालकले पोखरेलसँग आमा झुन्डिएर मरेको र बाबुले अर्कै आमा ल्याएपछि आफू सडक बालक बनेको बताएका थिए। बिपिनले पोखरेलसँग बर्दिवासको एक होटलमा यस्तो बिलौना गरेपछि उनले बालकलाई सर्लाही ल्याएका हुन्। बिपिनलाई पोखरेलले महेन्द्ररत्न जागरनाथ लक्ष्मीनियाँ नमुना विद्यालय बरहथवामा भर्ना गरेका छन्। 

बालकलाई झोला, पुस्तक, कापी, पोशाकलगायत सबै सामाग्री किनेर शुक्रबार विद्यालय भर्ना गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका सुनिलकुमार कुशवाहाले जानकारी दिए। 

सडक बालकलाई शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुखले आफ्नो विद्यालयमा भर्ना गर्दा निकै खुशी लागेको विद्यालयका प्रधानाध्यापक देवीदत्तप्रसाद यादवले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.