हङकङ सिक्सेस : नेपाल युएईसँग ५ विकेटले पराजित

हङकङ सिक्सेस : नेपाल युएईसँग ५ विकेटले पराजित
सुन्नुहोस्

काठमाडौं : हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित भएको छ। आइतबार हङकङमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो।

जितका लागि नेपालले दिएको ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो। युएईका लागि आसिफ खानले सर्वाधिक ५५ रन जोडे। उनले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट रहे। अंश टन्डनले २५ र खालिद शाहले १५ रन जोडे।

नेपालका लागि राशिद खानले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। नेपालका लागि विवेक यादवले सर्वाधिक ४९ रन जोड्दै नट आउट रहे। १६ बलमा ३ चौका र ५ छक्काको प्रहार गर्दै उनले ४९ रन बनाए। यसैगरी लोकेश बमले १९, प्रतिश जिशीले १४ र कप्तान सन्दीप जोराले ७ रन बनाए। राशिद खान शून्य रनमा आउट भए।

युएईका लागि आकिफ राजाले २ र सञ्चित शर्माले १ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.