भैरहवाबाट वीरगञ्ज जाँदै गरेको बस चितवनमा दुर्घटना, एकको मृत्यु, १८ घाइते

भैरहवाबाट वीरगञ्ज जाँदै गरेको बस चितवनमा दुर्घटना, एकको मृत्यु, १८ घाइते

चितवन : पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका-१ मा आइतबार बिहान बस दुर्घटना हुँदा एकको मत्यु भएको छ भने १८ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुरहुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६:४५ बजे अनियन्त्रितभइ  सडक छेउमा पल्टिएको हो। 

बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका-५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ। मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।जसमध्ये एकको अवस्था गम्भीर रहेको छ।अन्य चारजनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ प्रहरीले बताएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.