प्रचण्ड पत्‍नी सीता दाहालको स्वास्थ्यमा सुधार

प्रचण्ड पत्‍नी सीता दाहालको स्वास्थ्यमा सुधार

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ। श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएकी थिइन।

जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको छ । तीन महिनापछि उनी पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणु दाहाले जानकारी दिइन्।

स्वास्थ्यमा सुधार आएपछि उनी आइतबार राति काठमाडौँ आउँदै छिन्।उनीसँगै सिंगापुर गएका छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन्। यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो। छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो।

त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उनले बताइन्। सीतालाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.