मोरङ र ब्रिगेड ब्वाइज सेमिफाइनलमा

मोरङ र ब्रिगेड ब्वाइज सेमिफाइनलमा

काठमाडौं : मोरङ र ब्रिगेड ब्वाइज क्लब ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो क्वार्टरफाइनलमा च्यासल युवा क्लबलाई २-१ ले पराजित गर्दै मोरङले सेमिफाइनलमा स्थान बनाएको हो ।

मोरङको जितमा आशिष चौधरी नायक बने । उनले खेलको ७३ र ८१औं मिनेटमा गोल गर्दै मोरङलाई सेमिफाइनलमा पुर्‍याए । च्यासलका रोशन भुजेलले खेलको ८९औं सान्त्वना गोल फर्काए ।

यसैगरी आइतबार नै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले झापा-११ लाई २-१ गोलले नै पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । झापाले खेल सुरु भएको सातौं मिनेटमै सुरुवाती अग्रता बनाए पनि त्यसलाई बचाउन नसक्दा पराजय बेहोर्न बाध्य भयो । झापाका लागि डोजाङ लिङदेनले पहिलो गोल गरेका थिए । ब्रिगेड ब्वाइजका रजत तिवारीले १४औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याएका थिए । उनले नै दोस्रो हाफको ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि ब्रिगेड ब्वाइजले सेमिफाइनलमा स्थान बनायो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का स्वर्गीय कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ । लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टोलीले तीन लाख र उपविजेता टोलीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन् । एन्फाले आगामी एएफसी यू-१९ च्याम्पियनसिप छनोट खेलका लागि खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.